Loading...

कांग्रेसका ७ राज्यमन्त्रीले भोलि सपथ खाँदै, को-को पर्दैछन् राज्य मन्त्रीमा ? (सूची सहित)

8:27 PM

Loading...
काठमाडौं, १६ असोज : नेपाली कांग्रेसले आफ्ना तर्फबाट भोलिसम्म ७ राज्य मन्त्री सरकारमा पठाउने भएको छ। सरकार गठन भएको झण्डै दुई महिनापछि कांग्रेसले पाएका १५ मन्त्रालयमध्ये ७ मन्त्रालयमा राज्यमन्त्री पठाउने तयारी गरेको हो।

पार्टीमा जातीय लंगिक, क्षेत्रीय सन्तुलन मिलाएर राज्यमन्त्री पठाउने तयारी भइरहेको पार्टी सभापति शेरबहादुर देउवा निकट एक नेताले बताए। संभवतः सोमबारसम्म राज्यमन्त्रीले सपथ लिनेछन्, केन्द्रीय सदस्य ज्ञानेन्द्रबहादुर कार्कीले भने, पार्टीको आन्तरिक सन्तुलन जातीय, क्षेत्रीय र लंगिक पक्ष मिलाएर मन्त्री चयन हुन्छन्।

सात राज्यमन्त्रीका लागि तीन दर्जनभन्दा बढी आकांक्षी छन्। सभापति देउवा, पौडेल र सिटौलाका तीन धारको प्रतिनिधित्व हुँदै राज्यमन्त्री चयन हुने बताइएको छ। स्रोतका अनुसार पौडेलबाट तीन र सिटौलाबाट एक राज्यमन्त्री बन्ने सम्भावना छ।



स्रोतका अनुसार देउवाले दिर्घराज भाट, ध्यान गोविन्द रञ्जित, सुजाता परियार, अञ्जली श्रेष्ठ लगाएतलाई राज्य मन्त्रीमा पठाउने तयारी छ । त्यस्तैगरी पौडेल पक्षबाट सुरेन्द्र आचार्य, जीवन परियार, सरिता प्रसाई लगाएलाई राज्यमन्त्रीमा पठाउने सम्भावना छ। आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ।

You Might Also Like

0 comments

loading...
http://www.terraclicks.com/watch?key=f267318fe73886271f465cad9dff0b71