Loading...

जर्मन तानाशाह हिटलरको जन्मघर भत्काउने तयारी

11:14 PM

Loading...
कात्तिक, काठमाडौं । जर्मन तानाशाह एडोल्फ हिटलरको जन्म भएको घर भत्काउने तयारीमा अस्ट्रिया सरकार लागेको छ ।

अस्ट्रिया तथा जर्मनीको सीमा नजिक रहेको उक्त घर ‘ब्राउन एम इन’को माथिल्लो तलामा हिटलरको परिवार भाडामा बसेका थिए ।


उक्त भवनमा हिटलरको जन्म सन् १८८९ अप्रिल २० भएको थियो । नाजी शासनको समय यस घरमा हिटलरको स्मारक बनाइएको थियो । जहाँ थुप्रै पर्यटक आउने गरेका थिए । तर, १९४४ मा नाजी शासन ढलेसँगै उक्त स्थलमा पर्यटक आवागमन बन्द गरिएको थियो ।

हिटलर जन्मेको घर नाजिहरुको पूजा गर्ने स्थल या केन्द्रविन्दु नबनोस् भन्दै अस्ट्रिया सरकारले उक्त घर भत्काउने निर्णय गरेको हो ।

अस्ट्रियामा हिटलर जन्मेको घरका विषयमा विवाद छ । केहीले घर भत्काउनुपर्ने बताएका छन्, भने केहीले उक्त घरको अन्य प्रयोजनमा प्रयोग गर्नुपर्ने बताएका छन् ।

घरका विषयमा सरकार र घर धनीबीचको कानूनी विवाद रहेको छ । घरका मालिकले तीन तले उक्त घर बेच्न अस्विकार गरिरहेका छन् ।

यही कारण अस्ट्रिया सरकारले घर भत्काउनका लागि संसदमा नयाँ कानून पारित गर्न सक्ने जनाइएको छ । सरकारले नयाँ पास गराए हिटलरको जन्मघरलाई जफत गर्न सक्ने छ ।

अस्ट्रियन पत्रिका डी प्रेसले अस्ट्रियाका गृहमन्त्री वोल्फगैग सोबोत्कालाई उदृत गर्दै जनाएअनुसार विशेषत्रको एक समितिले घर भत्काउन सुझाव दिएको जनाएको छ ।
अनलाईनखबरबाट साभार

You Might Also Like

0 comments

loading...
http://www.terraclicks.com/watch?key=f267318fe73886271f465cad9dff0b71