दशैं मनाउन घर आएकाहरु फर्किदै, सवारी साधनमा यात्रुहरुको भिड
6:21 AM
Loading...
काठमाडौं, पोखरा लगायतका ठाउँमा अध्ययनरत विद्यार्थीहरुदेखि लिएर विभिन्न सरकारी तथा गैरसरकारी कार्यालयहरुमा काम गर्ने कर्मचारीहरुसम्मका मानिसहरु आफ्नो कर्मक्षेत्रतिर फर्किन थालेका हुन् ।
घरबाट फर्किने क्रम सुरु भएपछि यस क्षेत्रमा चल्ने ठूला तथा साना सवारी साधनमा यात्रुहरुको भिड लागेको छ । सवारी साधनहरुले यात्रुहरुको चाप बढेपछि क्षमता भन्दा वढि यात्रुहरु राख्न थालेका छन् ।
कसरी धेरै यात्रु चढाउने भन्दै ओभरटेक गर्दै गुडाउँदा सवारी दुर्घटनाका घटनाहरु बढ्न सक्ने भन्दै यात्रुहरु चिन्तित भएका छन् । सवारी साधनहरुले क्षमताभन्दा बढि यात्रुहरु राख्न थालेपछि ट्राफिक प्रहरीले बर्दियामा चेकजाँचमा कडाई गरेको छ ।
हिजो मात्रै एक दिनमा सवारी नियम उलङ्घन गर्ने ३५ वटा बस र ५ वटा मोटरसाइकल कारबाहीमा परेको र त्यसवाट २० हजार राजश्व संकलन भएको ईलाका प्रहरी कार्यालय भुरिगाउँका ट्राफिक प्रहरी इन्चार्ज कमल विकले बताए ।
सवारी साधनहरुले क्षमताभन्दा धेरै यात्रुहरु राख्दा दुर्घटना बढ्न सक्ने भन्दै यस क्षेत्रमा सवारी साधन चेकजाँचमा कडाई गरिएको ट्राफिक प्रहरीले जनाएको छ ।

![]() |
0 comments