Loading...

कुन दरका नोट कति चल्तीमा रु ५ रुपैयाँ दरका नोट सबैभन्दा बढी प्रयोगमा

10:08 PM

Loading...
काठमाडौं, १ कार्तिक - तपाईको खल्तीमा कति रुपैयाँ छ रु त्यो आफैं जान्नुस् । नेपाल राष्ट्र बैंकले चलन चल्तीमा ल्याएका नोट सबै नेपालीलाई बराबरी बाँड्ने हो भने एकजना नेपाली नागरिकको भागमा साढे १५ हजार रुपैयाँ परेको छ ।


नेपाल राष्ट्र बैंकले दिएको जानकारीअनुसार ३० असोज ०७३ (आइतबार) मा ४ खर्ब ३५ अर्ब रुपैयाँबराबरका नोट चलन चल्तीमा छन् । केन्द्रीय तथ्यांक विभागका अनुसार अहिले नेपालको जनसंख्या २ करोड ८० लाख छ । यो तथ्यांकअनुसार एकजना नेपालीको भागमा १५ हजार ५ सय ३५ रुपैयाँ परेको नेपाल राष्ट्र बैंकका प्रवक्ता त्रिलोचन पंगेनीले जानकारी दिए ।


नेपाल राष्ट्र बैंकले चलनचल्तीमा ल्याएका नोट सबै नेपालीलाई बराबरी भाग लगाउँदा एकजनाको भागमा साढे १५ हजार रुपैयाँ जतिका नोट पर्ने देखिन्छ, राष्ट्र बैंकका कार्यकारी निर्देशकसमेत रहेका प्रवक्ता पंगेनीले राजधानीसँग भने । नेपालीले ५ रुपैयाँ दरका नोट सबैभन्दा बढी प्रयोग गर्ने गरेको पनि तथ्यांकले देखाएको छ।


राष्ट्र बैंकका अनुसार सो समयसम्ममा ५ रुपैयाँ दरका ४५ करोड ७२ लाख ओटा नोट चलनचल्तीमा छन् । यस्तै १० रुपैयाँ दरका ३६ करोड ६ लाख ओटा चलनचल्तीमा रहेका छन् । राष्ट्र बैंकले सार्वजनिक सूचना प्रकाशित गरेर बजारमा पठाएका र पुनः राष्ट्र बैंक नफर्केका नोटलाई चलनचल्तीमा रहेका नोट भनिन्छ । यसमा बैंक तथा वित्तीय संस्था, सहकारी संस्था तथा एटीएम मेसिनमा रहेका नोटसमेत गणना गरिएको हुन्छ।

यस्तै, २० रुपैयाँ दरका २२ करोड १४ लाख ओटा नोट चलनचल्तीमा छन् भने ५० रुपैयाँ दरका १६ करोड ८४ लाख ओटा नोट चलनचल्तीमा छन् । १०० रुपैयाँ दरका भने १७ करोड १२ लाख ओटा नोट चलनचल्तीमा छन् । पाँच र १० पछि बढी प्रयोगमा रहेका नोट ५०० र १००० रुपैयाँ दरका रहेका छन् ।


राष्ट्र बैंकको तथ्यांकअनुसार ५०० सय दरका २० करोड २६ लाख र १००० रुपैयाँ दरका २९ करोड ७६ लाख रुपैयाँ चलनचल्तीमा रहेका छन् । राष्ट्र बैंकको तथ्यांकले पछिल्लो समय चलनचल्तीमा रहेका नोटको संख्या निकै बढेको पनि देखाएको छ । विगत ५ वर्षको अवधिमा चलनचल्तीमा रहेका नोटको परिमाण दोब्बरले वृद्धि भएको तथ्यांकले देखाएको छ । राजधानी दैनिकबाट

You Might Also Like

0 comments

loading...
http://www.terraclicks.com/watch?key=f267318fe73886271f465cad9dff0b71