Loading...

२३६ परिवारका लागि टोलभरीमा दुइवटा कलधारा, पालो कुरेरै वित्छ बिहान

11:18 PM

Loading...
पथरी(मोरङ) २ कात्तिक । मोरङ सदरमुकाम विराटनगरसँगै साँध गाँसिएको बैजनाथपुर गाविस–५ को खापटोलमा २३६ ऋषिदेव परिवार बस्छन् । तर, यतिधेरै परिवारले पिउने पानीको लागि दुइवटा मात्र चापाकलको भर छ ।

लिलम ऋषिदेव बिहानैदेखि कलमा लाइन लाग्नु हुन्छ । नत्र घाम टाउको मास्तिर आइसक्दा पनि आफ्नो पालो नआउला भन्ने पीर हुन्छ । “मानिस धेरै छन् कल थोरै हुँदा हामीलाई पानीको जोहो गर्न निकै समस्या छ,” ऋषिदेवले भन्नुभयो, “टोल हेर्न धेरै सर र मेडम आउनु हुन्छ तर हामीलाई कल दिनेबारे कसैले कुरा गर्नुहुन्न ।” दुई वटामात्र कल भएका कारण महिला र किशोरीलाई नुहाउन पनि निक्कै समस्या हुने गरेको उहाँले बताउनुभयो ।

चमेली ऋषिदेव पनि त्यही टोलकी गृहिणी हुनुहुन्छ । खाना बनाउने पानी ओसार्न उहाँलाई निकै समस्या हुने गर्छ । घरमा परिवारका लागि खाना तयार गरेर बर्खामा रोपाइँमा जानुपर्ने हुँदा त अझ हतार हुने गरेको बताउँदै उहाँ भन्नुहुन्छ “दुईवटा कलमा पानी लिन आउनेको बिहानैदेखि भीड हुन्छ, आफ्नो पालो कुर्दाकुर्दै एक बिहान बित्छ ।”

टोलमा विभिन्न गैरसरकारी संस्थाले सरसफाइदेखि चेतना दिलाउने अन्य कार्यक्रम चलाए पनि कल थपिदिने र सडक मर्मत गर्ने विषयमा कसैले चासो नदिएको उहाँले बताउनुभयो ।

खापटोलसम्म पुग्ने सडक कच्ची छ । बर्खामा त सडकमा खुट्टा हालीसक्नु हुँदैन । हिलाम्मे हुँदा साइकल पनि भास्सिन्छ । नरसिंहलाल ऋषिदेव भन्नुहुन्छ, “हामी आधाघन्टा मज्जाले हिँड्यौ भने विराटनगरमा पाइला टेक्न सक्छौँ तर ठूलो सहर नजिकैको हाम्रो टोलभित्र भने समस्यै समस्या छ ।” उहाँले धेरै मानिस मजदुरी गर्ने र परिवार चलाउने भएकोले आफैँले कल गाड्ने र सडक बनाउने काम गर्न असमर्थ रहेको बताउनुभयो ।

खापटोलका १३ घरमा शौचालय निर्माणका लागि दाताले सहयोग पनि गरेका थिए । प्यान, रिङ र पाइप पनि वितरण भयो तर पानीको उचित प्रबन्ध हुन नसक्दा शौचालय प्रयोगमा आउन सकेको छैन ।

सञ्जय ऋषिदेवले भन्नुभयो, “जसोतसो घेराबारा गरेका छौँ तर टोलमै दुई वटा मात्र कल भएकाले पानीको ठूलो समस्या भएको छ । पानीबिना कसरी चर्पी प्रयोग गर्नु रु” उहाँले सडक मर्मत र पिउने पानीको व्यवस्था गर्न सरकारले चासो दिनुपर्ने पनि बताउनुभयो ।

You Might Also Like

0 comments

loading...
http://www.terraclicks.com/watch?key=f267318fe73886271f465cad9dff0b71