Loading...

नेपालमा ३१ देशका लागुऔषध कारोबारी, यस्ता छन् नेपाल ट्रान्जिट बन्नुका तीन कारण

9:45 PM

Loading...
१. कमजोर कानुन
नेपालमा लागुऔषध अपराधमा अधिकतम १५ वर्षसम्म जेल सजाय र पाँच लाखसम्म जरिवानाको कानुनी प्रावधान छ । जब कि विश्वका धेरै देशमा लागुऔषध कारोबारीलाई मृत्युदण्डसम्मको सजाय छ । कम सजाय भएकाले धेरै विदेशी कारोबारीले नेपाललाई ट्रान्जिट बनाउने गरेका हुन् । सजाय कम हुनु पनि नेपाल ट्रान्जिट हुनुको एउटा कारण भएको प्रहरीको लागुऔषध नियन्त्रण ब्युरो प्रमुख डिआइजी जयबहादुर चन्दले बताए ।

२. एयरपोर्ट सुरक्षा
नेपालको एक मात्र अन्तर्राष्ट्रिय विमानस्थलको सुरक्षा अवस्था कमजोर आँकलन गरेर पनि लागुऔषध कारोबारीले नेपालको भूमि प्रयोग गर्दै आएका छन् । विदेशी नागरिक नेपाल आउँदा प्रहरीलाई चेकजाँच गर्ने अधिकार छैन । विमानस्थलबाट प्रस्थानको चेकिङमा पनि लागुऔषध चेक गर्ने अत्याधुनिक मेसिन नभएकाले तस्करहरू पटक–पटक प्रहरीलाई छल्न सफल हुने गरेका छन् ।

३. रुट फेरेर लैजाँदा सहज
नेपालमा कोकिन उत्पादन नहुने भएकाले यहाँबाट जाने यात्रुहरूमाथि अन्तर्राष्ट्रिय विमानस्थलमा कडा चेकिङ हुँदैन । जब कि ब्राजिललगायतका देशबाट युरोपियन देशमा जाँदा निकै कडा चेकिङ हुन्छ । त्यसकारण अन्तर्राष्ट्रिय कारोबारीले रुट बदलेर दक्षिण अमेरिकामा उत्पादन हुने कोकिन नेपाल हुँदै युरोप पु-याउने गरेका छन् ।

यी हुन् नेपाललाई लागुऔषधको ट्रान्जिट बनाउने देश


नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्युरो (एनसिबी) का अनुसार अस्ट्रिया, बोलिभिया, बेलायत, चीन, चेक रिपब्लिक, डेनमार्क, फ्रान्स, जर्मनी, गिनी, जर्जिया, भारत, इजरायल, इरान, इटाली, जोर्डन, मलेसियाका नागरिकले नेपालमा बसेर लागुऔषध तस्करी गर्दै आएका छन् । त्यस्तै, नेदरल्यान्ड, नाइजेरिया, नामिबिया, फिलिपिन्स, पाकिस्तान, पोल्यान्ड, रसिया, स्विट्जरल्यान्ड, सेरालियोन, दक्षिण अफ्रिका, थाइल्यान्ड, टर्की, युक्रेन, अमेरिका तथा भेनेजुयलाका नागरिक पनि लागुऔषध तस्करी गर्ने क्रममा नेपालमा पक्राउ परेका छन् । अाजकाे नयाँपत्रिका राष्ट्रिय दैनिकमा खबर छ ।

You Might Also Like

0 comments

loading...
http://www.terraclicks.com/watch?key=f267318fe73886271f465cad9dff0b71