पोखरामा बृहत् पोखरा सफाइ अभियान सुरु
8:14 PM
Loading...
सफाइ अभियानको १९औँ हप्ताबाट पोखरा उपत्यका बृहत् सफाइ अभियानमा रुपान्तरण गर्ने महत्वपूर्ण निर्णय गर्दै अघि बढाइएको नागरिक समाज पोखराका संयोजक रामबहादुर पौडेलले जानकारी दिनुभयो ।
१९औँ हप्ताको सफाइ अभियान पोखरा–१ स्थित सांस्कृतिक सम्पदाको रुपमा परिचित गाईघाटबाट सुरु गरी झन्डै चार टन फोहरमैला सङ्कलन गरिएको सामाजिक अभियन्ता एवम् टोल विकास संस्था वडा समन्वय समिति पोखरा–१ का अध्यक्ष चन्द्रबहादुर गुरुङले बताउनुभयो ।
त्यस्तै २० औँ हप्ताको सफाइ अभियान वडा नं १ स्थित हरिचोकदेखि बागबजार चोक, ट्याक्सी चोक, भीमकाली पाटन हुँदै टुँडिखेलसम्म गरिएको थियो । उक्त सफाइ अभियानमा झन्डै सात टन फोहर सङ्कलन गर्दै वडावासीलाई सार्वजनिक स्थलमा फोहरमैला नफाल्न अनुरोध गरिएको नमुना आमा समूहका अध्यक्ष कल्पना बाँस्तोलाले जानकारी दिनुभयो । रासस

![]() |
0 comments