Loading...

पथरीमा विरेन्द्रनगर क्रिकेट च्यालेन्ज कप

6:21 AM

Loading...
पथरीःविरेन्द्रनगर क्रिकेट क्लबले शुभ दिपावली तथा छठ पर्वको अवसरमा छैठौं विरेन्द्रनगर च्यालेन्ज कपको आयोजना गर्ने भएको छ ।



मोरङको पथरीशनिश्चरे ५ मा अवस्थित सो क्लबलेकात्तिक ३ गतेदेखि सुरु हुने उक्त क्रिकेट प्रतियोगिताको आइतबार पत्रकार सम्मेलनको आयोजना गरी आयोजकले जानकारी दिएको हो ।

सो खेलमा झापा, मोरङ सुनसरीका १८ वटा क्रिकेट क्लबहरुको सहभागिता रहनेछ । जसमा आदर्श एकाडेमी बेलबारी, ड्रिम हाई क्रिकेट क्लब, डाँगीहाट, पथरीशनिश्चरे–११, रत्न युथ क्लब, न्यू स्टार क्लब, देवीगञ्ज युथ क्लब, संघीय युवा क्रिकेट क्लब, विर्तामोड क्रिकेट क्लब, दुधे क्रिकेट क्लब, एभरेष्ट एकेडेमी, उर्लाबारी आइतबारे क्रिकेट क्लब, राजघाट स्पोटिङ क्लब, कुशल चौक क्रिकेट क्लब, बी.सी.सी. दमक, न्यू दमक क्रिकेट क्लब, , धाइजन क्रिकेट क्लब, विरेन्द्रनगर क्रिकेट क्लब (रातो) र विरेन्द्रनगर क्रिकेट क्लब (सेतो) रहेका छन् ।

प्रतियोगिताको विजेताले नगद रु. २५ हजारका साथमा ट्रफी, मेडल, प्रमाण–पत्र अनि उपविजेताले नगद रु. १५ हजारका साथमा ट्रफी, मेडल, प्रमाण–पत्र पाउनेछन् । यस्तै उत्कृष्ट खेलाडी, उत्कृष्ट बलर, उत्कृष्ट ब्याटम्यान तथा उत्कृष्ट फिल्डरले पनिपुरस्कार पाउनेछन् । क्रिकेट प्रतियोगिता सुरुवातदेखि अन्त्यसम्म करिब १ लाख ५० हजार रुपैया बजेट लाग्ने र प्रतियोगिता २०७६८ सालदेखि गर्दै आइरहेको आयोजकका संयोजक हेमन्त ओझाले जानकारी दिए ।

विरेन्द्रनगर क्रिकेट क्लबले यस अघि ५ वटा क्रिकेट प्रतियोगिता खेल सम्पन्न गरिसकेको छ । जस्मा २०६८सालमा प्रथम सुकुना बहुमुखी क्रिकेट क्लब कोशीहरैचा प्रथम,२०६९ सालमा हाइवे क्रिकेट क्लब पथरी प्रथम, २०७० र २०७१ सालमा नव परिवर्तन क्रिकेट क्लब दमक प्रथम भएका थिए ।

त्यसैगरी विरेन्द्रनगर क्रिकेट क्लबले २०६६सालमा मंगलबारे खुल्ला च्यालेन्ज क्रिकेट कपमा दोस्रो स्थान, २०६७ सालमा राजघाट क्रिकेट कप राजघाटमा दोस्रो स्थान, दिपावाली च्यालेन्ज कप पथरी २०७० मा प्रथम र २०७३ सालमा लायन्स क्लब पथरीशनिचरे होम एण्ड अवे टाई सिरिजमा प्रथम स्थान हासिल गर्न सफल भएका छन् । २०६६ सालमा स्थापना भएको विरेन्द्रनगर क्रिकेट क्लबले आयोजना गरेको सुरुको प्रतियोगितामा विजेतालाई १५ हजार र उपविजेतालाई १० हजारबाट क्रिकेट खेल सुरु गरिएको क्लबले जनाएको छ ।

You Might Also Like

0 comments

loading...
http://www.terraclicks.com/watch?key=f267318fe73886271f465cad9dff0b71