Loading...

बुद्धको अस्थि धातु सर्वसाधारणको दर्शनका लागि खुला

10:14 PM

Loading...
काठमाडौँ। शाक्यमुनि बुद्धको अस्थि धातु सर्वसाधारणको दर्शनका लागि आज अक्षेश्वर महाविहार पुल्चोकमा खुला गरिएको छ ।

प्रत्येक वर्ष आश्विन शुक्ल पूर्णिमाका दिन पुल्चोकस्थित महाविहारले सो धातु सर्वसाधारणको दर्शनका लागि सोही परिसरमा राख्ने गर्छ । यस वर्ष शनिबार साँझदेखि पूर्णिमा परेको भए पनि अस्थि धातु आज बिहानदेखि प्रदर्शनमा राखिएको छ ।

बुद्धको अन्त्येष्टिका क्रममा रहेका अवशेष बौद्ध धर्मावलम्बीका लागि पवित्र मानिन्छ । सन् १९९६ मा श्रीलङ्काबाट सो धातु उक्त विहारमा ल्याइएको थियो । त्यसपछि निरन्तर वर्षमा एक पटक आश्विन शुक्ल पूर्णिमाका दिन प्रदर्शन गरिन्छ ।

अक्षेश्वर महाविहार संरक्षण समितिका सदस्य प्रचण्ड शाक्यले बिहान ७ बजेदेखि राखिएको सो धातु दर्शनका लागि काठमाडौँ उपत्यका तथा त्यस वरपर क्षेत्रबाट समेत सर्वसाधारण आउने क्रम बढेको जानकारी दिए । साँझ ४ बजेसम्म मात्र सो वस्तु खुला गरिने छ ।

अस्थि धातु दर्शनका लागि प्रजिअ ऋषिराम शर्मा, नेपालका लागि म्यान्माका राजदूत लिन योलगायत विशिष्ट व्यक्ति सहभागी भएका थिए।

You Might Also Like

0 comments

loading...
http://www.terraclicks.com/watch?key=f267318fe73886271f465cad9dff0b71