प्रहरी सकृयताले दुर्घटनामा कमी
6:03 AM
Loading...
जिल्ला ट्राफिक प्रहरी कार्यालय पाँचथरका अनुसार असोज २० गतेयता इलाम र ताप्लेजुङको ट्राफिक प्रहरी र विभिन्न प्रहरी बृत्तसँग समन्वय गर्दै सवारी जाँचलाई कडाइ गरिएकोले यो वर्ष दुर्घटनामा कमी आएको हो ।
गत वर्षको दशैंमा मोटरसाइकल वस जीप र भ्यान गरी १८ वटा दुर्घटना भएको मेची राजमार्गको इलाम फिदिम र फिदिम ताप्लेजुङ क्षेत्रमा यो वर्ष २ वटा वस,२वटा जीप र २ वटा भ्यान गरी ६ वटा सवारी साधन दुर्घटनामा परेका छन ।
ती दुर्घटनामा ३ महिला र ३ पुरुष गरी ९ जना सामान्य घाइते भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय पाँचथरका प्रमूख उत्तम भण्डारीले जानकारी दिए । उनका अनुसार दशैंको अवधिमा जिल्ला प्रहरी कार्यालय पाँचथरसँगको सहकार्यमा मेची राजमार्गमा चल्ने ३५० वटा सवारी साधनमा यात्रारत १हजार ३ सय यात्रुलाई पर्चा पम्पलेट वितरण गर्नुका साथै ३५० पैदल यात्रीलाई ट्राफिक नियमवारे सचेतना दिइएको छ ।

![]() |
0 comments