Loading...

इटहरीमा सफारीका कारण डरलाग्दाे दुर्घटना : एककाे मृत्यु -

11:18 PM

Loading...

इटहरी / पूर्वकाे केन्द्र इटहरीमा समस्याकाे पाेकाे बनेकाे सिटि सफारीकाे कारण शनिवार साझ डरलाग्दाे दुर्घटना भएकाे छ । इलाका प्रहरी कार्यालय नजिक भएकाे दुर्घटनामा इटहरी ८ जुटबिकाश टाेलका ४५ बर्षीय उत्तम बरालकाे मृत्यु भएकाे हाे । पश्चिमबाट पूर्व तर्फ अाउदै गरेकाे ना ४ ख ७८२४ नंकाे मालबाहक ट्रकले र साेही दिसा तर्फ जादै गरेकाे काे २३ प ६४८६ नं काे स्कुटीलार्इ ठक्कर दिदा इटहरी ८ निवासी बरालकाे घटनास्थलमै मृत्यु भएकाे प्रहरीले जनाएकाे छ ।



एउटै दिसामा रहेपनि ट्रकलार्इ अाेभरटेक गर्ने क्रममा साे दुर्घटना भएकाे प्रहरीले जनाएपनि स्थानीय प्रत्यक्षदर्शीका अनुसार छेउमै रहेकाे सफारीलार्इ जाेगाउने क्रममा स्कुटीलार्इ ठक्कर दिइ उक्त दुर्घटना भएकाे बताएका छन । दुर्घटना पश्चात ट्रकका चालक र ट्रक इलाका प्रहरी कार्यालय इटहरीले नियन्त्रणमा लिए अनुशन्धान सुरू गरेकाे छ भने मृतककाे शव पाेष्टमार्टमका लागी धरान स्थित बिपी प्रतिष्ठानमा लगिएकाे प्रहरीले जनाएकाे छ ।




You Might Also Like

0 comments

loading...
http://www.terraclicks.com/watch?key=f267318fe73886271f465cad9dff0b71