मोरङमा दशैंमा हराएका आठ महिला भेटिए
10:23 PM
Loading...
दशै अवधि भरि हराएका १६ जना मानिसहरू मध्ये प्रहरीद्वारा खोजतलास गरी फेला परेका ८ जना महिलालाई आफन्तको जिम्मा लगाईएको हो ।
ती महिला घटस्थापनादेखि नै हराएका थिए । मोरङ प्रहरीका एसपी सन्दीप भण्डारीले हराएका मानिस खोज्न प्रहरीले विशेष टोली नै परिचालन गरेको बताए ।
प्रहरीले कोजाग्रत पूर्णिमा सम्म २९ वटा मुद्दा दर्ता गरेको मध्ये जुवा ऐन अन्तर्गत २ वटा मुद्दा दर्ता भएका छन् ।
गत असोज २९ गते दिउँसो विराटनगर ६ स्थित बुद्धिलाल शर्माको घरमा जुवा तास खेलीरहेको अवस्थामा विराटनगर ६ वस्ने अर्जुन कार्की, ऐ.ऐ.बस्ने चक्र बहादुर तमाङ, जित बहादुर बस्नेत, सुजित काफ्ले, कालीप्रसाद थारू, भैरव पराजुली र केशव उपाध्याय गरी ७ जना मानिसहरूलाई पक्राउ परेका थिए ।
विराटनगर १४ गुद्री स्थित माछा बजारमा जुवा तास खेलीरहेको अवस्थामा विराटनगर १५ बस्ने मो.रिजवान, ऐ.ऐ.बस्ने सोले सहनी, विराटनगर १४ बस्ने श्रवण सहनी, विराटनगर ७ बस्ने मो.शुभराती र रन्जित सहनी गरी ५ जनालाई पक्राउ गरी निजहरूको साथवाट ७ हजार ९० रूपैया र १ बुक तास बरामद गरी निजहरू उपर जुवा ऐन अन्तर्गत मुद्दा दर्ता गरी अनुसन्धान भई रहेको प्रहरीले जनाएको छ ।
ट्राफिक कारवाही अन्तर्गत कुल १ हजार ५६४ वटा सवारी साधनहरूलाई कारवाही गरी रू ९लाख ६० हजार रुपैयाँ जरिवाना गरिएको मोरंग प्रहरीले जनाएको छ ।

![]() |
0 comments