Loading...

सुनको सिक्का भेटिने हल्ला चलेपछि भारतीयहरु दिनरात ढिस्को खन्न व्यस्त

10:01 PM

Loading...
राजस्थान, २८ असोज - भारतको राजस्थानस्थित मालपुराको एउटा गाउँमा गाउँलेहरु सुनको सिक्का खोज्न भन्दै दिनरात ढिस्को खन्न थालेका छन्।


तीन दिनदेखि जानकीपुरामा सुनको सिक्का खोज्न सर्वसाधारणहरु ढिस्को खोतल्न र खाल्डो खन्न व्यस्त छन्। ठाउँठाउँमा खाल्डो खन्ने क्रम बढेसँगै खाडलमा पुरिएर मानवीय क्षति हुन सक्ने सम्भावना बढेको स्थानीय प्रशासनको भनाइ छ।

भारतीय संचारमाध्यमहरुका अनुसार बुधबार राति एकजनाले मालवाहक साधनमा माटो भरेर लैजान लागेको अवस्थामा स्थानीयले देखेका थिए। उनीहरुले माटो लैजाने व्यक्तिलाई त्यहाँबाट लखेटेका थिए।

स्थानीयका अनुसार भाग्यमानीले सो क्षेत्रमा सुनको सिक्का फेला पर्ने हल्ला चलेपछि सिंगो गाउँ भेला भएर धमाधम ढिस्को खोस्रने र खाडल खनेर सिक्का खोज्ने क्रम बढेको हो। एजेन्सी

You Might Also Like

0 comments

loading...
http://www.terraclicks.com/watch?key=f267318fe73886271f465cad9dff0b71