Loading...

माइखोलामा डुंगा दुर्घटनामा मर्ने ८ मध्ये ७ जनाको सनाखत

6:12 AM

Loading...


फिदिम : इलामको माइखोलामा शुक्रवार दिँउसो डुंगा दुर्घटना हुँदा ज्यान गुमाउनेको संख्या ८ पुगेको छ । मृतक मध्ये ३ जनाको शव शनिवार भेटिएको हो ।



अघिल्लो दिन ५ जनाको शव भेटिएको थियो । मृतक मध्ये ७ जनाको मात्र सनाखत भएको प्रहरी चौकी दानवारीका इन्चार्ज सोमवहादुर भण्डारीले जानकारी दिए ।
उनका अनुसार शनिवार भेटिएकामा मोरङ मधुमल्ला निवासी ६ वर्षीय जुम्ल्याहा बालिका पुष्पाञ्जली र अञ्जली खड्का सँगै झापा सालवाडी निवासी करिव ३० वर्षीय कृष्ण घतानी छन । अघिल्लो दिन इलाम महमाइ १ का ४५ बर्षीय डम्बरमाया मगर, ६५ बर्षीय जसवहादुर राई र ५३ वर्षीय हर्कवहादुर राई महमाई २ की ३९ वर्षीय की पवित्रा धमलाको सनाखत अघिल्लो दिन नै सनाखत भएको थियो ।


बाँकी १ जनाको सनाखत भएको छैन दुर्घटनामा परेको डुंगा शनिवार विहान भेटिएको तथा चालक पर्शु बाँस्कोटालाई प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय इलामका प्रमूख (एसपी) शुसिल यादवले जानकारी दिए । दुर्घट्नामा थप केहि मानिस हराइरहेको र ३४ जनाको सकुसल उद्वार गरिएको यादव वताँउछन ।
इलामको दानावारीवाट महमाइ तर्फ यात्रु तार्दै गर्दा डुंगा दुर्घटना भएको थियो । खोजी कार्यका लागि शनिवार पनि दिनभरी सेना प्रहरी र स्थानीय खटेका थिए ।

You Might Also Like

0 comments

loading...
http://www.terraclicks.com/watch?key=f267318fe73886271f465cad9dff0b71