Loading...

सार्कको विकल्पमा बिमस्टेक ? भारत-पाकिस्तान दुवै सार्कको विकल्प खोज्दै

10:29 PM

Loading...
भारत, १ कार्तिक - के बिमस्टेक सार्कको विकल्प हो ? यही विषयमा पछिल्लो समय भारतले ‘ब्रिक्स सम्मेलन’को क्रममा छलफल अघि सारेको छ । भारतले सार्कको विकल्पको रूपमा बिमस्टेक मुलुकको राष्ट्राध्यक्षबीच निम्तो दिएर पाकिस्ताललाई अलग गर्ने प्रयास गरेको प्रस्ट देखिन्छ ।

भारतमा आयोजित ब्रिक्स सम्मेलनको दौरानमा बिमस्टेक नेताहरूबीच चीन, रुस, दक्षिण अफ्रिका र ब्राजिलका नेताहरूसँग भेटघाट भएको छ । बिमस्टेक अर्थात् ‘द वे अफ बंगाल इनिसिएटिभ फर मल्टी–सेक्टरल टेक्निकल एन्ड इकोनोमिक कोअपरोसन’ मा भारतको अलावा बंगालको खाडीआसपासका मुलुकहरू सहभागी रहेका छन् । जसमा बंगलादेश, भुटान, म्यानमार, नेपाल, श्रीलंका र थाइल्यान्ड रहेका छन्।

भारत–पाक विवादपछि भारले इस्लामाबादमा हुन लागेको सार्क सम्मेलन बहिष्कार गर्ने घोषणा गरेको छ । पाकिस्तानले आतंककारी गतिविधि गरिरहेकाले भारत सार्कभन्दा बिमस्टेकलाई प्राथमिकतामा राख्ने तयारी गरिरहेको प्रस्ट भएको छ ।

बिमस्टेकमा पाकिस्तान सदस्य नभएकाले भारतले सार्कको विकल्पको रूपमा बिमस्टेकलाई अघि बढाउने विकल्प तयार गरिरहेको छ । यस्तै, पाकिस्तानले पनि एसियाली देशको प्रतिनिधिको रूपमा सेन्ट्रल एसियाली देशमा आफ्नो प्रतिनिधि पठाएको छ ।

यसबाट पाकिस्तान पनि इरानको साथ लिएर सम्बन्ध विस्तारमा लागेकाले भारत अझ रुष्ट भएको छ । जसबाट पाकिस्तान पनि इरानको साथ लिएर सार्कको विकल्प खोजिरहेको प्रस्ट भएको छ । भारतका पूर्वविदेश सचिव मुचकुन्द दुबेले सार्क पछिल्लो ३० वर्षमा निष्क्रिय रहेको बताएका छन् ।

दक्षिणपूर्व एसियाको तर्फबाट हाम्रा नीति धेरै पहिला बनिसकेका छन्, उनले भने, ‘पछिल्लो ३० वर्षमा जुन स्थिति सार्कमा देखापरेको छ, जुन मृतसरह हुँदै आएको छ । प्रत्येक वर्ष हुने सम्मेलन नियमित प्रक्रियाजस्तो मात्रै भएको छ । सार्क सम्मेलनहरूले ठोस निर्णय लिन नसक्दा यस्तो समस्या उत्पन्न भएको हो ।

यसको मुख्य कारण राजनीतिक विभाजन नै हो ।’ उनले बिमस्टेक र र्साकमा कुनै भिन्नता नभएको भन्दै सार्कको विकल्पको रूपमा बिमस्टेकलाई लिँदा समस्या नहुने तर्क गरे । यस्तो हुनुको मुख्य कारण भनेको यसका सदस्य राष्ट्रहरू अन्य मुलुकसँगको स्वतन्त्र व्यापार सम्झौताका सदस्य रहनु नै भएको उनको धारणा छ ।

यस्तै, विदेश मामलाका जानकार प्रस्पेस पन्तले यस्ता मञ्चहरूले पाकिस्तानलाई राख्नु अनिवार्य नभएको तर्क गरे । तर, उनले यस्ता गतिविधिले पाकिस्तानमा हुने सार्क सम्मेलनमा भारत र अन्य केही मुलुकले सहभागिता नजनाउँदैमा उसको अस्तित्व नै संकटमा पर्ने विषय आफूलाई स्वीकार्य नभएको तर्क गरे । उनका अनुसार रुस र श्रीलंकाका सेनाले पाकिस्तानमा साझा सैन्य अभ्यास गरिरहेकाले पनि पाकिस्तानको आप्mनो अस्तित्व गुम्नेछैन ।

बिमस्टेकको सवालमा भन्ने हो भने जानकारहरूले सार्कको नामबाट भारतले दक्षिण एसियामा क्षेत्रीय सहयोगको साथमा व्यापार पनि गरिरहेको छ । यस्तै बिमस्टेकको साथै भारतले दक्षिण–पूर्वी एसियामा आपसी सहयोग तथा व्यापार अघि बढाइरहेको छ । जनकारहरूले सार्कको विकल्पको रूपमा भारतले बिमस्टेकलाई धेरै प्रोत्साहन गरिरहेको राजधानी दैनिकमा खबर छ।

You Might Also Like

0 comments

loading...
http://www.terraclicks.com/watch?key=f267318fe73886271f465cad9dff0b71