Loading...

आइसिसी महिला विश्वकप क्रिकेट : नेपालद्धारा चीन २० रनले पराजित

10:46 PM

Loading...
काठमाडौं, २५ असोज - आइसिसी महिला विश्वकप क्रिकेटको एसियाली छनौटमा नेपालले पहिलो जित दर्ता गरेको छ। मंगलबार भएको तेस्रो खेलमा नेपालले चीनलाई २० रनले हरायो।


नेपालले प्रस्तुत गरेको ९६ रनको लक्ष्य पछ्याएको चीनले निर्धारित २० ओभरमा ८ विकेटेको क्षतिमा ७५ रनमात्रै बनाउन सक्यो।

चीनकी वु जुएनले ११ तथा जोउ मिएओ र लि यिङयिङले समान १० रन बनाउनु बाहेक अरुले दोहोरो अंकमा रन बनाउन सकेनन्। नेपालकी सीता राना मगरले तीन तथा सबनम राईले दुई विकेट लिइन् ।

हङकङको कोवलुनमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा ९५ रन बनायो।

डबल राउन्ड रोबिन लिगका आधारमा हुने प्रतियोगितामा शीर्ष स्थानमा रहने टोलीले ग्लोबल क्वालिफायर अर्थात विश्वभरिका टिम सहभागी हुने छनौट प्रतियोगितामा भाग लिन पाउनेछ।

You Might Also Like

0 comments

loading...
http://www.terraclicks.com/watch?key=f267318fe73886271f465cad9dff0b71