ट्यांकरमा आगलागी हुँदा तीन घाइते
6:38 AM
Loading...
नजिकै मिस्त्रीले सलाई कोर्दा ना ४ ख २५०९ नं. को ट्याङकरमा आगलागी हुदा ड्राईभर दिल बहादुर शाही, मिस्त्रिद्वय लखेन्द्र शर्मा र सुरेश शर्मा घाइते भएका हुन् ।
मिस्त्रि र ड्राईभरको शरिरमा आगो लागेको देखेर स्थानिय बासिन्दाले कपडा च्यातेर आगो निभाएका थिए । घाईतेहरुको उपचार भेरी अञ्चल अस्पताल नेपालगन्जमा भैरहेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।
ट्याङकरमा लागेको आगो दमकल आएर निभएको थियो । आगलागीबाट ट्याङकरको टायर, सिसा र बाहिरी भाग जलको बताइएको छ ।
पानी र डिजेलमा आगलागी हुन्छ कि हुदैन भन्ने मनसायका साथ मिस्त्रीले आगो सल्काउँदा नजिकै रहेको ट्याङकरमा आगलागी भएको प्रहरीले जनाएको छ ।

![]() |
0 comments