Loading...

युएईबाट हाम्री छोरी दसैँ अघि नै पठाइदिनुस्

11:25 PM

Loading...
असोज १६ – युएईका लागि नेपाली दूतावास आबुधाबीमा एक जना स्थानीयले नेपाली महिला लिएर । नेपाली महिलाको हातमा पासपोर्ट र नेपाल जाने टिकट थियो । 



२०,२२ वर्षकी देखिने महिला अस्वस्थ थिइन् । उनको अगाडि पर्नै नहुने डराएर काम्ने र थरथराउँदै कुनातिर जाने । कसैसँग नबोल्ने ।

छिर्के कुर्ता, हरियो सुरुवालमा रातो स्वेटर लगाएकी । कसैसँग बोल्नु त टाढैको कुरा, कसैको अनुहारमा समेत नहेर्ने । स्थानीय नागरिकले दूतावासमा ल्याएर ती महिलालाई उनको परिवारसम्म पुर्‍याइदिन अनुरोध गर्दै थिए ।

दूतावासका कार्यवाहक राजदूत नेत्रबहादुर टण्डन र श्रम सहचारी हिरा कुमारी यादवले उनको साथमा आउने स्थानीयलाई सोधे ‘उनलाई नेपालको विमानस्थलमा पुगेपछि को लिन आउँछ यस्तो अवस्थामा कसरी घर पुग्न सक्छिन अनि उनको यो अवस्था कसरी भयो ।

ती इमराती नागरिकले भने ‘पहिले ठिकै थिइन्, पछिल्लो केही समयदेखि उनको व्यबहार अचानक परिवर्तन भयो । तपाईंहरुसँग त बोल्दिनन, म सँग झन कसरी बोल्छिन र थाहा पाउनु, खै को लिन आउँछ’।

दूतावासकी श्रम सहचारी यादवले पासपोर्टबाट उनको घरपरिवारको ठेगाना लिनुभयो । धादिङमा रहेकी आमाको नम्बर ती इमराती नागरिकसँग लिनुभयो । तुरुन्तै फोन गरेर यताको अवस्थाबारे जानकारी दिनुभयो । परिवारले उनलाई पठाए आफुहरु विमानस्थलमै लिन आउने बताए । तर दूतावासले समस्यामा परेर थलिएकी सुन्तलीलाई यस्तै अवस्थामा नेपाल पठाउन सकेन ।

दूतावासकै शरणमा राखेर उपचार गराउने र उपचारपछि मात्रै घर पठाउने निर्णय गर्‍यो । बोल्नै नसक्ने ती महिलालाई श्रमसहचारी हिरा यादवको जिम्मा लगाइयो । उनकै जिम्मामा परिवारसम्म पु¥याउने योजना बनाएको थियो । तर दूतावासमा बस्न थालेको केही दिनपछि महिला झनै बिरामी परिन् ।

दुई दिनसम्म खाना र पानी समेत नखाएकाले सुन्तलीको अवस्था झन नाजुक भयो । दूतावासले तत्कालै निर्णय गरेर आबुधावीको खालिफा सिटी अपस्तालमा भर्ना गर्यो । उनको अवस्था सुधार भएपनि रिपोर्ट भने बिहीबार मात्रै दूतावासले पायो । उहाँलाई डिप्रेशन भएको अस्पतालको रिपोर्टमा उल्लेख छ । उपचार खर्च दूतावासले नै बेहोरेको छ । अस्पतालमा उहाँको रेखदेख र स्याहार सुसार पनि दूतावासले नै गरिरहेको छ ।

उपचारपछि ती महिलालाई दूतावासको सेल्टरमा राखिएको छ । अहिले उहाँको स्वास्थ्य अवस्था सुधार भइरहेको छ । सामान्य बोल्न थालेकी छन् । स्वास्थ्यमा राम्रो सुधार देखिए दसैँको टिका अघि नै नेपाल पठाउने प्रयास गरिरहेको दूतावासका द्वितिय सचिव कृष्ण अर्यालले जानकारी दिनुभयो ।

पीडित महिला सन् २०१५ मार्च १७ मा श्रम अनुमती लिएर नेपालबाटै युएई आउनु भएको हो । एक स्थानीय नागरिकको घरमा घरेलु कामदारका रुपमा बालबच्चा हेर्ने काम गर्नुहुन्थ्यो । उज्यालो अनलाईनबाट

You Might Also Like

0 comments

loading...
http://www.terraclicks.com/watch?key=f267318fe73886271f465cad9dff0b71