Loading...

सावधान ! धेरै टिभी नहेर्नुस्

4:47 AM

Loading...


मिडिया एनपी, काठमाडौ । सूचनाका लागि मात्रै होइन मनोरञ्जन र समय व्यतित गर्न पनि टेलिभिजन धेरैको सहयोगी साधनको रुपमा प्रयोग हुँदै आएको छ । तर, धेरै समय सम्म टेलभिजन हेर्नु स्वास्थ्यका हिसावले निकै हानी कारक रहेको अध्ययनहरुले देखाएका छन् ।

विभिन्न अनुसन्धानले बढी टिभी हेर्ने मानिसलाई मुटुसम्बन्धी रोग लाग्ने सम्भावना बढी हुने देखाएका छन् । लामो समयसम्म टिभी हेर्नाले मात्रै होइन कम्प्युटर चलाउनाले अनिद्राको समस्या उत्पन्न हुने ति अध्ययनहरुले औंल्याएका छन् ।

यस्ता मानिसमा ब्रेन हारमोन मेलाटोनिनको मात्रा बढी हुने र यसका कारण चिन्ता बढ्ने, ढिलो निदाउने र छिटो बिउँझिनेजस्ता समस्या उत्पन्न हुने ति अध्ययनहरुले दावी गरेका छन् ।


डायबिटिजका बिरामीले बढी टिभी हेरेमा उनीहरुको शरीरमा चिनीको मात्रा अझ बढ्न पुग्छ । टिभी हेर्न बस्दा मानिसले तुलनात्मक रुपमा बढी खाने गर्छ । यसले पनि सुगरको मात्रा बढाउने काम गर्छ ।
लामो समयसम्म टिभी हेर्ने मानिस बढी मोटाउने, शरीर निष्क्रिय हुने उल्लेख गरेको ती अध्ययनहरुले लामो समयसम्म निष्क्रिय भएर बसेमा शरीरमा बोसोको मात्रा बढ्न पुग्ने बताएका छन् ।

बढी टिभी हेर्नेहरुको स्मरण शक्ति पनि कमजोर हुने भन्दै सचेत गराएको अध्ययनले टिभीमा देखिने इमेज र यसबाट आउने आवाजले मानिसको न्युरोलोजिकल सिस्टममा असर गर्ने उल्ल्ेख गरेको छ ।

You Might Also Like

0 comments

loading...
http://www.terraclicks.com/watch?key=f267318fe73886271f465cad9dff0b71