Loading...

रामकृष्ण ढकालले ल्याए १५औँ गीतिसङ्ग्रह ‘आवरण’

6:18 AM

Loading...
काठमाडौं, १६ असोज। नेपाली सुगम सङ्गीतका गायक रामकृष्ण ढकालको १५औँ गीतिसङ्ग्रह ‘आवरण’ बजारमा आएको छ।
_dsc2884
शनिबार अबेर राति काठमाडौंको सोल्टी क्राउन प्लाजामा आयोजित कार्यक्रममा उपराष्ट्रपति नन्दबहादुर पुनले सङ्ग्रहको लोकार्पण गरे। सङ्ग्रहमा ११ गीत समावेश छन्।

गीतका शब्द रचना आनन्द अधिकारी, उत्तम सन्जेल, रमेश बिजी, विनोद बन्जारा, एकनारायण भण्डारी, डा आसबहादुर तामाङ, देवेन गिरी, प्रज्वलशम्शेर जबरा, मनिष वाशिष्ठ आदिले गरेका हुन्।

त्यस्तै उनको गीतमा हरि लम्साल, न्ह्यु वज्राचार्य, राजेश थापा, शिखर सन्तोष, सुगम पोखरेल, किरण कँडेल लगायत सङ्गीतकारले सङ्गीत भरेका छन्।

कार्यक्रममा गायक ढकालले आफ्ना एक दर्जन जति गीत गाएर सुनाएका थिए। विन्ध्यवासिनी म्युजिक प्रालिले बजारमा ल्याएको सङ्ग्रहमा रहेको ‘म लडेको मात्रै हुँ, मरेको छैन’ बोलको गीतको म्युजिक भिडियो पनि तयार गरिएको छ।

यसअघि ढकालका ‘आशीर्वाद’, ‘आशा’, ‘आरोह’, ‘आशिष’ जस्ता गीतिसङ्ग्रह प्रकाशनमा आएका छन्। रासस

You Might Also Like

0 comments

loading...
http://www.terraclicks.com/watch?key=f267318fe73886271f465cad9dff0b71