Loading...

हिमालय एयरलाइन्सले नेपाल–श्रीलङ्का उडान भर्न थाल्यो

6:20 AM

Loading...


काठमाडौं, १६ असोज । नेपाल–चीनको संयुक्त लगानीमा सञ्चालित हिमालय एयरलाइनसले काठमाडौं–श्रीलङ्काको कोलोम्बो उडान थालेको छ ।

शनिबारबाट हिमालयले उडान थालेसँगै दुई देशबीचको पर्यटन प्रवद्र्र्धन गर्न, ब्यापार विस्तार गर्न र सुमधुर सम्बन्ध कायम गर्न मद्दत गर्ने अपेक्षा गरिएको छ ।

समयतालिका अनुसार विमान त्रिभूवन अन्र्तराष्ट्रिय विमानस्थल काठमाडौँबाट ११ः३० बजे (स्थानीय समय) उडेर १५ः०३ बजे (स्थानीय समय) बन्दरानाइके अन्र्तराष्ट्रिय विमानस्थल, कोलम्बोमा अवतरण गरेको सो एयरलाइन्सले जनाएको छ ।

हप्ताको २ दिन मंगलबार र शनिबार उडान भर्ने हिमालय एअरलाइन्सले २८ वर्ष पछि नेपाल र श्रीलंकाबीच पुनः हवाइ सेवा सुरु गरेको हो ।

You Might Also Like

0 comments

loading...
http://www.terraclicks.com/watch?key=f267318fe73886271f465cad9dff0b71