Loading...

वर–पीपलको औषधीय गुण

6:27 AM

Loading...
काठमाडौँ । वर–पीपल भन्नेबित्तिकै हामी चौताराका ठूला रुख सम्झन्छौा । जहाा गर्मीमा शीतलता पाउन तथा गलेका वेला थकान मार्न बसिन्छ । तर, तिनै वर–पीपलका पात, बोक्रा र फल विभिन्न रोगका औषधि हुन्छ भन्ने कमैलाई मात्र थाहा हुन्छ ।
pipal
वर

वरको फल, पात, बोक्रा र त्यसमा आउने दुधिलो चोपमा औषधीय गुण हुन्छ । यसको स्वाद टर्रो हुन्छ । जसले शीतलता प्रदान गर्छ ।

औषधीय उपयोग

यसको दूध पोसिलो र धेरै रोग नाश गर्ने खालको हुन्छ । बोक्रा पौष्टिक र बलवीर्य बढाउने खालको हुन्छ । महिनावारी गडबडी हुने महिलाले वरको फल नियमित खाए राम्रो गर्छ । साह्रो दिसा लाग्ने ग्यास्ट्रिक, पायल्स र आन्द्राको घाउ भएका तथा मधुमेहका बिरामीलाई यसले फाइदा गर्छ । यसले रगतमा भएको विकार पदार्थ हटाउनसमेत मद्दत गर्छ । मुखमा घाउ खटिराको संक्रमण भएमा ठीक गर्छ । सुन्निएको र ज्वरो आएका वेलामा राम्रो हुन्छ ।

प्रयोग मात्रा

धुलो १–१ चम्चा ३ ग्राम दूधमा मिसाएर दिनको दुईपटक खाने । या १–२ ग्राम धुलो बनाएर बिहान–बेलुका सेवन गर्दा राम्रो हुन्छ । त्यस्तै, झोल बनाएर सेवन गरे १०–१५ थोपा दिनको दुईपटक सेवन गर्ने ।

पीपल

वरजस्तै पीपलमा पनि औषधीय गुण पाइन्छ । यसको पनि फल, पात र बोक्रा औषधि मानिन्छ । यसको स्वाद पनि वरको जस्तै मिठो केही टर्रो, शीतलता दिने हुन्छ ।

औषधीय उपयोग

पीपलको फलले पित्तरोग, कब्जियत, पेटको घाउ, पायल्स, आन्द्रा खुम्चने समस्यामा फाइदा गर्छ । यसको सेवनले हल्का दिसा लगाउन सहयोग गर्नुका साथै पोषणयुक्त पनि हुन्छ । दमरोग भएकाले यसको फलको चूर्ण (धुलो) सेवन गर्दा कम गर्छ । त्यस्ता रोगीले फलचूर्ण एक चम्चा बिहान–बेलुका खानुपर्छ । पीपलको बोक्रालाई धुलो बनाई सेवन गर्दा शक्ति दिन्छ ।

यसले धातुरोग, जोर्नी दुख्ने, पेट दुख्ने/पोल्ने, गानो–गोला, मधुमेह, निम्न रक्तचाप, दुब्लोपन, मासिक धर्म समयमा नहुने, रगतको खराबी, छालाको रोग, शरीरमा गिर्खा आउने, भिरिंगी आदि रोग भएकाहरूलाई सन्चो गराउँछ । पीपलको बोक्रालाई डढाएर सुन्निएको ठाउँमा लगाउँदा कम गराउँछ । यसको कलिलो नयाँ पात १–२ पटक पशुलाई खान दिने हो भने पशुको पेटमा परेको नाम्ले किरा झर्छ । पातले आँखाको ज्योति बढाउँछ । पीपलको रुखले राम्रो अक्सिजन दिन्छ ।

सेवनको मात्रा

बोक्राको धुलो आधादेखि एक चम्चा, फल १० ग्राम, पात २० ग्राम दिनमा दुईपटक खाने गर्नुपर्छ । नयाँ पत्रिकाबाट


You Might Also Like

0 comments

loading...
http://www.terraclicks.com/watch?key=f267318fe73886271f465cad9dff0b71