Loading...

अबिरल वर्षापछि घरमाथिबाट आएको पहिरोमा पुरिएर सिन्धुपाल्चोकमा एकै परिवारका तीन जनाको मृत्यु भएको छ ।

5:24 AM

Loading...
अबिरल वर्षापछि घरमाथिबाट आएको पहिरोमा पुरिएर सिन्धुपाल्चोकमा एकै परिवारका तीन जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा राम्चे गाउँ विकास समिति ७ पुराना गाउँका ३५ वर्षीया रामकुमार तिमिलिसना, उद्धब तिमिल्सिना र उनको श्रीमती सम्झना तिमिल्सिना रहेका छन् ।

शनिबार बिहान ३ बजेतिर घर माथीबाट आएको पहिरोले पुरेर उनीहरुको मृत्यु भएको र अन्य दुई जनको भने स्थानीयले उद्धार गरेको इलाका प्रहरी कार्यालय बाह्रविसेका प्रहरी निरीक्षक राजु पाण्डेले जानकारी दिए । पहिरोले पुरीएका मध्ये रामकुमारको शव फेला परेको छ भने अन्य दुइ जनाको पहिरोबाट लाश निकाल्ने प्रयास भइरहेको छ । 

You Might Also Like

0 comments

loading...
http://www.terraclicks.com/watch?key=f267318fe73886271f465cad9dff0b71