Loading...

तीन यात्रुको निधन

2:33 AM

Loading...
हेटौँडा, १६ असोज । मकवानपुर जिल्लाको पश्चिम भेकमा पर्ने हाँडीखोला–२ मकरीबाट जिल्ला सदरमुकाम हेटौँडातर्फ आउँदै गरेको ना४ख ४३०७ नंको बस मकरी नजिकै अनियन्त्रित भई घुम्तीमा ठोक्किँदा बसका तीन यात्रुको घटनास्थलमा नै मृत्यु भएको छ ।


सो बसका यात्रुमध्ये हाँडीखोला–२ बस्ने २० वर्षीय पनिस लामिछाने, २१ वर्षीय सूर्यबहादुर लामा र नाम नखुलेकी एक महिला रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । दसैँबजारमा आएका करिब ६० यात्रु सो ठक्करबाट घाइते भई अहिले हेटौँडा अस्पताल र चुरेहिल अस्पतालमा उपचार भइरहेको जिप्रकाका प्रहरी नायब उपरीक्षक वामदेव गौतमले जानकारी दिए ।

घाइते यात्रुमध्ये करिब १० जना गम्भीर भएकाले थप उपचारका लागि चितवनस्थित भरतपुर अस्पतालमा पठाउन तयारी भइरहेको जिप्रका नियन्त्रण कक्षले जनाएको छ । रासस

You Might Also Like

0 comments

loading...
http://www.terraclicks.com/watch?key=f267318fe73886271f465cad9dff0b71