Loading...

भूकम्पपीडितले अनुदान रकम अन्य क्षेत्रमा खर्च गरे कारबाही हुने -

6:10 AM

Loading...
काठमाडौं । भूकम्पपीडितले घर निर्माणका लागि प्राप्त अनुदान रकम अन्य क्षेत्रमा प्रयोग गरे कानुनी कारबाही गरिने भएको छ ।

घर बनाउने दिएको रक दसैं मान्न खर्च गरे कारवाही हुने भएको हो । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले घर बनाउन दिएको अनुदान रकम अन्य क्षेत्रमा प्रयोग हुन थालेको गुनासो आएको र दसैं आउन लागेका बेला बैंकबाट रकम झिक्न भीड लागेको भन्दै अन्य क्षेत्रमा खर्च गर्ने घरधनीमाथि कानुनी कारवाही हुने स्पष्ट पारेको छ ।

अनुदान रकम घर बनाउन प्रयोग नगर्नेलाई दोस्रो र तेस्रो किस्ताको अनुदान रकम समेत उपलब्ध नगराउने प्राधिकरणले बताएको छ । अनुदान रकम घर पुनःर्निर्माणमा बाहेक अन्य प्रयोजनमा खर्च नगर्न अनुदान सम्झौताका बेला गरिएको १५ बुँदे सम्झौताको परिपालन गर्नरगराउन समेत प्राधिकरण स्थानीय निकायलाई भनेको छ ।

अनुदान लिन विभिन्न जिल्लाका बैंकमा भूकम्पपीडितको भीड लाग्ने गरेको भन्दै आवश्यकता अनुसार घर बनाउने समयमा निर्माण सामग्रीहरु खरिदका लागि मात्र निकाल्न राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले अनुरोध गरेको छ । अनुदान रकम मौज्दात रहेको अवधिको बैंक तथा वित्तीय संस्थाहरुले व्याज उपलब्ध गराउने व्यवस्था भएको जानकारी दिदै प्राधिकरणले हतारमा अनुदान रकम ननिकाल्न र घर पुनःर्निर्माणको तयारी गरेर घर निर्माण गर्ने समयमा मात्र रकम निकाल्न भनेको छ ।

भूकम्पबाट क्षति भएका घर पुनःर्निर्माणका लागि हालसम्म ४ लाख ६ हजार ३९९ घरधनीको बैंक खातामा पहिलो किस्ताको ५० हजार रुपैयाँ जम्मा भइसकेको छ ।

हालसम्म २३ अर्ब २० करोड रुपैयाँ अनुदान घर बनाउन अनुदान पाएका छन् । भूकम्पपीडितले घर बनाउन पहिलो किस्ता ५० हजार, दोस्रो किस्ता १ लाख ५० हजार र तेस्रो किस्ता १ लाख रुपैयाँ गरी कुल ३० लाख रुपैयाँ अनुदान दिने सरकारले निर्णय गरेको छ ।
बाह्रखरी डटकमबाट

You Might Also Like

0 comments

loading...
http://www.terraclicks.com/watch?key=f267318fe73886271f465cad9dff0b71