रामपुर(पाल्पा), १५ असोज । भारतमा अदुवाको उत्पादन बढ्न थालेपछि पाल्पाका किसानको अदुवा बिक्री नहुँदा उनीहरु चिन्तामा परेका छन् । भारतीय बजारलाई लक्षित गरी अदुवा उत्पादन गर्दै आएका यहाँका किसान यसवर्ष अदुवा बिक्री गर्न नसकिएको बताउँछन् । गोठादीका किसान तेजबहादुर सारुले सात रोपनी क्षेत्रफलमा लगाएको अदुवा बिक्री गर्न नपाउँदा चिन्ता व्यक्त गर्नुहुन्छ । गतवर्ष भारतीय नाकाबन्दीले रु सात लाख भन्दा बढी नोक्सानी ब्यहोर्नु भएका सारुले यसवर्ष गाउँमा भारतीय व्यापारी अदुवा खरिद गर्न नआएको बताउनुभयो ।
यहाँका किसानले दसैँ पर्वलाई लक्षित गरेर अदुवा उत्पादन गर्दै आएकोमा यसवर्ष गाउँमा व्यापारी नआउँदा कसरी चाड मनाउने भन्ने चिन्ताले पिरोलेको किसान श्यामबहादुर दर्लामीले गुनासो गर्नुभयो ।
जिल्लाको मुख्य नगदेबालीका रुपमा स्थापित अदुवा खेतीलाई विस्तारका क्रममा सरकारले एक गाउँ एक उत्पादन कार्यक्रम अन्तर्गत उद्योग वाणिज्य सङ्घ मार्फत अदुवाखेतीका लागि प्रवद्र्धन गरिएको छ । दुई नगरपालिकाबाहेक ६० गाविसका दश हजार भन्दा बढी घरपरिवार प्रत्यक्ष रुपमा अदुवाखेतीमा संलग्न भएको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ ।
भैरवस्थान, पालुङ, मैनादी, फेक, ठिमुरे, खानीगाउँ, बराङ्दी गाविसलाई पकेटक्षेत्रको रुपमा विकास गरिएको छ ।
कोलडाँडा सत्यवतीका किसान देवबहादुर चिदीले पनि गतवर्ष ठूलो नोक्सान बेहोरे पनि यसवर्ष दश रोपनी क्षेत्रफलमा अदुवाको उत्पादन राम्रो भएको बताउनुभयो ।
उत्पादित अदुवा बुटवल बजारमा ८० रुपैयाँदेखि १०० रुपैँया प्रतिकेजीका दरले बिक्री हुने गरेको छ ।
जिल्लामा यसवर्ष एक हजार २६० हेक्टर क्षेत्रफलमा व्यावसायिक रुपमा अदुवाखेती गरिएको छ । कोलडाँडाका किसान जीतबहादुर सारुले अन्यखेतीका तुलनामा अदुवाखेती गर्न सजिलो भए पनि पछिल्लो समय बिक्री गर्न समस्या भएको बताउनुभयो ।
विगत दुई दशक अगाडिदेखि गाउँ/गाउँमा पुगेर अदुवा खरिद गर्दै आउनुभएका भारत गोरखपुरका व्यापारी सुरेश महासेठले यसवर्ष भारतमै अदुवाको उत्पादन हुन लागेकाले व्यापारी खरिद गर्न नआएको बताउनुभयो ।
पाल्पा, गुल्मी, अर्घाखाची, स्याङ्जा जिल्लामा उत्पादित अदुवा भारतको उत्तर प्रदेश राज्यका बजारमा मात्र खपत हुने गरेको उहाँले बताउनुभयो ।
सत्यवतीका किसान गुनबहादुर सिञ्जालीले छोराछोरीको बिहेमा लागेको ऋण तिर्नका लागि झन्डै ३० रोपनी जग्गा भाडामा लिएर अदुवा लगाउनुभएको छ । ऋण काढेरै भए पनि बीउ किनेर अदुवा लगाएँ, उत्पादन पनि राम्रै छ तर बजार नपाउँदा निकै तनाव भएको उहाँले बताउनुभयो ।
अहिलेको मूल्यमा बिक्री गर्न सकियो भने २० लाख बारबरको उत्पादन हुने र बिक्री गर्न सहज भएको खण्डमा ९० प्रतिशत नाफा हुने उहाँको भनाइ छ । रासस
Tribhuvan University Teaching Hospital’s senior orthopedic surgeon Dr. Govinda KC has begun his ninth hunger strike putting forth four demands for reforms in Nepal’s medical education on Monday.
Today is the 6th day of Dr KCs hunger strike. Today, the Solidarity for Dr. Govinda KC Alliance has taken out a mass rally from Maitighar to Baneshwor, Kathmandu to express their support to the fasting doctor KC.
The march will start from Maitighar and end at New Baneshwor of Kathmandu along with the main slogan "Luttantra lai Bali- Loktantra la Bal".
Todays march was especially done for the support of Dr. KC who has been in hunger strike for ninth times demanding parliamentary endorsement of a new medical education.
Dr. Govinda KC started the latest strike claiming failed to live up to its promises. He has forwarded a four- point memo to the government on Friday.
According to Dr KC, he would not withdraw his strike this time until the government addresses his demands in action.
विश्व स्वास्थ्य संगठनका अनुसार संसारभर ३.९ अर्ब मानिसहरु मोटोपनबाट पिडित छन् । मोटोपन अक्सर नियमित खाना नखानाले , व्यायाम नगर्नाले बढ्ने गर्दछ ।
मोटोपन घटाउने आठ तरिका -:
१.क्रैश डाइट नखाने
क्रैश डाइटले तपाइको वजन छिटो घटाउन मद्दत त् गर्दछ तर क्रैश डाइट गरिनजेल मात्र वजन घट्ने हुन्छ । क्रैश डाइटले बिभिन्न खाले साइड इफेक्ट गर्दछ जस्तै टाउको दुख्ने ,सांस को दुर्गंध लगायतको समस्या हुनेगर्दछ । तेसैले क्रैश डाइट लिने बनि सुधार गर्नु पर्दछ ।
२. हरियो साग-सब्जी र फलफूल सेवन गर्ने
यदी तपाई आफ्नो वजन नियन्त्रित राख्न चाहनुहुन्छ भने धेरै मात्रामा हरियो साग-सब्जी र फलफूल सेवन गर्नु पर्दछ । फलफूल र हरियो साग-सब्जीमा मिनिरल ,भिटामिन र पानीको मात्रामा धेरै हुने गर्दछ । तर यसमा क्यालरीको मात्रा ज्यादै कम हुनेगर्दा छ । ज्यादा पानी पिउनाले पाचन क्रियामा सहयोग गर्दछ ।
३. ड्राई फूड कम गर्नु पर्छ
नुडल्स ,पिजा ,बर्गर जस्ता रिफाइनड कार्बोहाइड्रेट भएको खाना खानाले शरीरलाई धेरै हानीकारक हुने गर्दछ । कोकाकोला र फ्लेवर भएको जुस पनि निकै हानीकारक हुने गर्दछ । जांड रक्सी सेवन नगरौ तेस्ले शरीरमा प्रोटीन र ग्लूकोजको मात्रा घट्ने र क्यालोरी को मात्रा दुइ गुण बढ्दछ ।
४. नियमित भोजन
दिनमा कम से कम तीन पटक भोजन गर्नुपर्छ । बिहानको नास्ता दिउँसो को खाजा भन्दा बढिनै लिनुपर्छ ।खाना खाँदा बिस्तारै खानु पर्दछ किनकी बिस्तारै खाना खादा भोक मेटिए को अनुभव हुन्छ । कहिलेपनि पेट भरेर खाना खानु हुदैन ।
५. नियमित ब्याम
वजन घटाउनकोलागि नियमित ब्याम गर्नु पर्दछ । नियमित ब्यामले उर्जाको खपत बढाउनुको साथै शरीरमा रहेको बोसो घटाउछ ।
६.पर्याप्त निन्द्रा
अपर्याप्त निन्द्राले तपाइलाई ज्यादा भोकको आभास दिलाउछ । निन्द्रा पुरा भएन भने हर्मोन सही तरिकाले कम गर्न पाउदैन जसको फलस्वरुपको हामीलाई छिटो -छिटो भोक लाग्दछ । ज्यादा खाना खानाले पाचनको दर घट्दछ ।
७.चिसो पानीले नुहाउने
चिसो पानीले नुहाउनाले शरीरमा रहेको बोसोको मात्रा घटाउन मद्दत गर्दछ । चिसो पानीले खाशगरी तिघ्रा र कम्मरको बोसोलाई सक्रिय गरेर मेटाबॉलिज्म बढाउछ । पानीको तापक्रम २० डिग्री सेल्सियस देखि १५ डिग्री सेल्सियस सम्म बनाई १५ मिनेट नियमित स्नान गर्नाले तपाईको मेटाबॉलिज्म दिनभर राम्रो हुन्छ ।
असोज-१५, सायद यस्तो क्षण जिन्दगीकै सबैभन्दा लज्जाजनक तथा अप्ठेरो क्षण हुन्छ होला । निकै गोप्य, अश्लील तथा आफ्नै पार्टनरका लागि लक्षित गरिएका चिजहरु अन्य व्यक्ति अझ आफ्नै बाउआमाको साथमा पुगे भने त्यसपछि छोराछोरीको हालत के होला ? छोराछेरीको त्यस्तो कृत्य देख्दा बाउआमाको प्रतिक्रिया के होला ?
आफ्नै केटा साथीका लागि मोबाइलबाट पठाएको आफ्नो नांगो तस्वीर यदि भुलबस बुवाको मोबाइलमा गयो भने परिणाम के होला ? यस्तै भोगेकी छिन् एकजना युवतीले । आफ्नो नाम तथा वतन नखुलाएकी ती युवतीले टि्वटर मार्फत यो भयावह क्षणको खुलासा गरिन् ।
टि्वटरमा डियरफ्यासन एनवाइवाइ नाम उल्लेख गरेकी ती युवतीले आफ्नो ब्वाय फ्रेण्ड डाकक्वान लाई पठाउन खोजेको तस्वीर भुलबस ड्याडी अर्थात् बुवाकोमा पुगेछ । म्यासेज बुवाको मोबाइलमा पुगेपछि उनी अत्तालिइन् । उनका बुवा पनि झसँग भए र धेरै पटक फोन गरे । तर उनले लाजले फोन उठाउन सकिनन् । बुवाले म्यासेज गरेर समेत फोन उठाउन आग्रह गरे ।
तैले स्कुलमा त्यहीँ सिकेकी होस् ? भनेर म्यासेजमै झपारे पनि । तर उनले उत्तर दिइनन् । आखिर ती बाउले आफुले यो कुरा श्रीमतीलाई पनि भनेको भन्दै आफु आफ्नै आएर ठिक पार्ने भन्ने धम्कीपूर्ण म्यासेज पठाए । बुवा आफ्नो कोठामा गाडि लिएर आएको तस्वीर समेत उनले टि्वटरमा पोष्ट गरिन् । पठाइसकेको टेक्स म्यासेज कसरी डिलिट गर्न सकिन्छ ? भन्ने प्रश्नबाट टि्वट गर्न थालेकी उनले आफुले बुवालाई नग्न तस्वीर पठाएको देखि लिएर बुवाले पठाएका सबै म्यासेज समेत टि्वट गरिन् । उनको टि्वटर हजारौँले रिटि्वट गरे । धेरैले उनलाई प्रश्न गरे र मजाक पनि गरे । ( पुर्वेली न्युजबाट)
Dashain .Gud omens congratulated 57 minutes in the morning 9,
यस बर्षको दशैको टिकाको साईत ९ बजेर ५७ मिनेटमा उत्तम हुने नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । समितिका अनुसार यस वर्षको दशैंको टिकाको साईत बिहान ९ बजेर ५७ मिनेटमा उत्तम रहेको जनाएको हो ।
त्यस्तै, असोज १९ गते शनिबार घटस्थापना बिहान ९ बजेर ५१ बजे, २३ गते श्रीपचली भैरव यात्रा, २४ गते शुक्रबार फूलपाती बिहान ९ बजेर ३१ बजे, २६ गते शनिवार महाअष्टमी कालरात्रि, २७ गते महानवमी, २८ गते सोमवार विजयादशमी देवी विर्सजन विहान ९ बजेर २५ उत्तम रहेको जनाएको हो ।
बडादसैँ, तिहार छठ पर्वका समयमा राजधानीको सुरक्षा व्यवस्थालाई त्रुटिरहित र मजबुत बनाउन प्रहरीले तीन चरणको सुरक्षा योजना अवलम्बन गर्ने भएको छ ।
महानगरीय प्रहरी परिसर काठमाडौँले आज पत्रकार सम्मेलन गरी चाडपर्वमा जनतालाई सुरक्षा दिलाउन र विदेशबाट घर फर्कने एवम् काठमाडौँ उपत्यकाबाट गन्तव्यमा जाने यात्रु समेतलाई पूर्ण सुरक्षाको सुनिश्चितता दिलाउन सुरक्षा रणनीति तय गरिने जानकारी दिएको छ ।
परिसरका प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक विक्रमसिंह थापाले चाडपर्वका लागि चार हजारभन्दा बढी जनशक्ति खटाई परिचालन गरिएको बताउनुभयो । सुरक्षाका लागि कुकुरको परिचालनदेखि पैदल गस्ती, सवारी गस्ती, साइकल गस्ती, मोटरसाइकल गस्ती र मोटर गस्ती गरिने उहाँले जानकारी दिनुभयो । जिल्ला प्रशासन कार्यालय तथा सरोकार भएका निकायसँग समन्वय गरी बजार अनुगमन तीव्र पारिएको प्रहरीले जनाएको छ ।
चोरी, जुवातास, गुन्डागर्दी, पाकेटमारी नियन्त्रण गर्न राजधानी भित्रिने र बाहिरिने नाका, अर्थिक कारोबार हुने स्थान, ठूला पसल, गहना पसल, दसैँ बजारलगायत स्थानमा सादा पोसाकमा समेत प्रहरी परिचालन गरिने छ । बढी भाडा असुल्ने, अत्यधिक यात्रु राखी सवारी साधन चलाउने, मिठाइ तथा खाद्य पदार्थमा हुने मिसावटको अनुगमन तथा नियन्त्रणसमेत प्रहरीले तीव्र पार्ने छ ।
यात्रुलाई सहज यात्रा गर्न र सुविधा दिन सुन्धारा, गौशाला र नयाँ बसपार्कमा दुई दुई स्थान तथा कोटेश्वर, बल्खु, कलङ्की र बालाजुमा एक एक स्थानमा गरी नौ स्थानमा प्रहरीको सहयोग कक्ष खडा गरिएको बताइएको छ
Kathmandu Metropolitan Police Range holidays today press conference to assure the people and the security of Kathmandu valley to return home from abroad destination to ensure complete security to the passengers even be fixed to guarantee security strategy said.
Campus police chief Senior Superintendent vikramasinha holiday Thapa said the four thousand more manpower has been deployed to marinate. For security patrol dog paricalanadekhi walk, ride patrol, bicycle patrol, motorcycle patrol and motor will be patrolling, he said. District Administration Office and in coordination with the concerned agencies to monitor the market has intensified, police said.
Theft, gambling, gangs, paketamari to control entry and exit checkpoint capital, easing the space business, large shops, jewelry shops, including Dashain bazaar in plain clothes police will be mobilized. More rental fees, high passenger vehicles to use the thread, candy and food items will be detrimental to the monitoring and rapid niyantranasameta police.
Passengers and to facilitate smooth travel Sundhara, cowshed and a new bus two by two places and Koteshwore, Cleanup, Kalanki and a place of Balaju up nine places in the room told police cooperation