Loading...

एक युवतीले आफ्नो ब्वायफ्रेण्डलाई पठाएको आफ्नै नग्न तस्वीर झुकीएर पितालाई गएपछि :: पुरा पढ्नुहोस् >>

3:59 AM

Loading...
असोज-१५, सायद यस्तो क्षण जिन्दगीकै सबैभन्दा लज्जाजनक तथा अप्ठेरो क्षण हुन्छ होला । निकै गोप्य, अश्लील तथा आफ्नै पार्टनरका लागि लक्षित गरिएका चिजहरु अन्य व्यक्ति अझ आफ्नै बाउआमाको साथमा पुगे भने त्यसपछि छोराछोरीको हालत के होला ? छोराछेरीको त्यस्तो कृत्य देख्दा बाउआमाको प्रतिक्रिया के होला ?


आफ्नै केटा साथीका लागि मोबाइलबाट पठाएको आफ्नो नांगो तस्वीर यदि भुलबस बुवाको मोबाइलमा गयो भने परिणाम के होला ? यस्तै भोगेकी छिन् एकजना युवतीले । आफ्नो नाम तथा वतन नखुलाएकी ती युवतीले टि्वटर मार्फत यो भयावह क्षणको खुलासा गरिन् ।

टि्वटरमा डियरफ्यासन एनवाइवाइ नाम उल्लेख गरेकी ती युवतीले आफ्नो ब्वाय फ्रेण्ड डाकक्वान लाई पठाउन खोजेको तस्वीर भुलबस ड्याडी अर्थात् बुवाकोमा पुगेछ । म्यासेज बुवाको मोबाइलमा पुगेपछि उनी अत्तालिइन् । उनका बुवा पनि झसँग भए र धेरै पटक फोन गरे । तर उनले लाजले फोन उठाउन सकिनन् । बुवाले म्यासेज गरेर समेत फोन उठाउन आग्रह गरे ।


तैले स्कुलमा त्यहीँ सिकेकी होस् ? भनेर म्यासेजमै झपारे पनि । तर उनले उत्तर दिइनन् । आखिर ती बाउले आफुले यो कुरा श्रीमतीलाई पनि भनेको भन्दै आफु आफ्नै आएर ठिक पार्ने भन्ने धम्कीपूर्ण म्यासेज पठाए । बुवा आफ्नो कोठामा गाडि लिएर आएको तस्वीर समेत उनले टि्वटरमा पोष्ट गरिन् । पठाइसकेको टेक्स म्यासेज कसरी डिलिट गर्न सकिन्छ ? भन्ने प्रश्नबाट टि्वट गर्न थालेकी उनले आफुले बुवालाई नग्न तस्वीर पठाएको देखि लिएर बुवाले पठाएका सबै म्यासेज समेत टि्वट गरिन् । उनको टि्वटर हजारौँले रिटि्वट गरे । धेरैले उनलाई प्रश्न गरे र मजाक पनि गरे । ( पुर्वेली न्युजबाट)

You Might Also Like

0 comments

loading...
http://www.terraclicks.com/watch?key=f267318fe73886271f465cad9dff0b71