Loading...

Dashain and TIHAR

3:45 AM

Loading...
बडादसैँ, तिहार छठ पर्वका समयमा राजधानीको सुरक्षा व्यवस्थालाई त्रुटिरहित र मजबुत बनाउन प्रहरीले तीन चरणको सुरक्षा योजना अवलम्बन गर्ने भएको छ ।

महानगरीय प्रहरी परिसर काठमाडौँले आज पत्रकार सम्मेलन गरी चाडपर्वमा जनतालाई सुरक्षा दिलाउन र विदेशबाट घर फर्कने एवम् काठमाडौँ उपत्यकाबाट गन्तव्यमा जाने यात्रु समेतलाई पूर्ण सुरक्षाको सुनिश्चितता दिलाउन सुरक्षा रणनीति तय गरिने जानकारी दिएको छ ।


परिसरका प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक विक्रमसिंह थापाले चाडपर्वका लागि चार हजारभन्दा बढी जनशक्ति खटाई परिचालन गरिएको बताउनुभयो । सुरक्षाका लागि कुकुरको परिचालनदेखि पैदल गस्ती, सवारी गस्ती, साइकल गस्ती, मोटरसाइकल गस्ती र मोटर गस्ती गरिने उहाँले जानकारी दिनुभयो । जिल्ला प्रशासन कार्यालय तथा सरोकार भएका निकायसँग समन्वय गरी बजार अनुगमन तीव्र पारिएको प्रहरीले जनाएको छ ।

चोरी, जुवातास, गुन्डागर्दी, पाकेटमारी नियन्त्रण गर्न राजधानी भित्रिने र बाहिरिने नाका, अर्थिक कारोबार हुने स्थान, ठूला पसल, गहना पसल, दसैँ बजारलगायत स्थानमा सादा पोसाकमा समेत प्रहरी परिचालन गरिने छ । बढी भाडा असुल्ने, अत्यधिक यात्रु राखी सवारी साधन चलाउने, मिठाइ तथा खाद्य पदार्थमा हुने मिसावटको अनुगमन तथा नियन्त्रणसमेत प्रहरीले तीव्र पार्ने छ ।

यात्रुलाई सहज यात्रा गर्न र सुविधा दिन सुन्धारा, गौशाला र नयाँ बसपार्कमा दुई दुई स्थान तथा कोटेश्वर, बल्खु, कलङ्की र बालाजुमा एक एक स्थानमा गरी नौ स्थानमा प्रहरीको सहयोग कक्ष खडा गरिएको बताइएको छ




Kathmandu Metropolitan Police Range holidays today press conference to assure the people and the security of Kathmandu valley to return home from abroad destination to ensure complete security to the passengers even be fixed to guarantee security strategy said.


Campus police chief Senior Superintendent vikramasinha holiday Thapa said the four thousand more manpower has been deployed to marinate. For security patrol dog paricalanadekhi walk, ride patrol, bicycle patrol, motorcycle patrol and motor will be patrolling, he said. District Administration Office and in coordination with the concerned agencies to monitor the market has intensified, police said.

Theft, gambling, gangs, paketamari to control entry and exit checkpoint capital, easing the space business, large shops, jewelry shops, including Dashain bazaar in plain clothes police will be mobilized. More rental fees, high passenger vehicles to use the thread, candy and food items will be detrimental to the monitoring and rapid niyantranasameta police.

Passengers and to facilitate smooth travel Sundhara, cowshed and a new bus two by two places and Koteshwore, Cleanup, Kalanki and a place of Balaju up nine places in the room told police cooperation

You Might Also Like

0 comments

loading...
http://www.terraclicks.com/watch?key=f267318fe73886271f465cad9dff0b71