Loading...

कावुल घट्नामा निधन भएकाहरुको आफन्त तथा घाईतेहरुले भने. ’सरकारले क्षतिपूर्तिको लागि पहल गर्दै गरेन’

7:09 AM

Loading...
काठमाडौं, १७ असोज - हालै अफगानिस्ताको कावुलमा तालिवानको आतंककारी हमलामा परि मृत्यु भएकाका आफन्त र घाईतेहरुले सरकारले अहिलेसम्म पीडितहरुको बारेमा कुनै चासो नदेखाएको आरोप लगाएका छन् ।
सोमबार रिपोर्टर्स क्लब नेपालमा उक्त घट्नाका मृत्तकका आफन्त र घाईतेका परिवारले आयोजना गरेको पत्रकार सम्मेलनमा घट्नाका घाईते अमृत रोका क्षेत्रीले आफूहरुलाई सरकारले अहिलेसम्म कुनै ठोस पहल नगरेको गुनासो पोखे ।


उनले अघि थपे,‘हामी क्यानडा सरकारको लागि काम गर्दा घाईते भयौं, कति साथीहरु वित्नुभयो, तर क्यानडा सरकारसँग क्षतिपूर्ति दिलाउने कुरामा सरकारले अहिलेसम्म ठोस पहलकमदी लिएन, हामीलाई निकै दुःख लागेको छ ।’

त्यस्तै उनले उक्त घट्नामा निधन भएकाहरुलाई ब्रिटिश कम्पनीले पनि मात्रै ३० हजार डलर मात्रै प्रदान गरेको र घाईतेहरुलाई तीन महिनामात्रै उपचार गरेको स्पष्ट पारे । उनका अनुसार उक्त व्रिटिश कम्पनीसँग सन् २०११ मा कामको सिलसिलामा निधन भएमा ३ लाख डलर प्रदान गर्नेवारेमा सम्झौता गरेको थियो । उनले भने,‘तर अहिले आएर ३० हजार डलर दिएर खाली पत्रमा कृत्रिम हस्ताक्षर गरी उचित क्षतिपूर्ति नदिने प्रपञ्च रचिरहेको छ ।’ रोकाका अनुसार अहिलेपनि घाईतेहरुको अवस्था चिन्ताजनक नै रहेको छ ।

त्यस्तै घट्नाका अर्का घाईते मोहन बहादुर थापाले पनि उचित क्षतिपूर्ति र थप ९० दिन उपचार गर्नुपर्ने माग गरे ।

कार्यक्रममा मृत्तक विदुर सुवेदीकी श्रीमति गंगा सुवदीले पनि ३० हजार डलरले मात्रै नपुग्ने बताउँदै क्षतिपूर्तिको रकम थप गर्नुपर्ने बताईन् । उनले भनिन्,‘नेपाल सरकारले हामीलाई कुनै राम्रो व्यवहार नै गरेन, हामीलाई पीडामाथि झन पीडा थप्ने काम गरेको छ, कहिले यहाँ जानुहोस भन्छन्, त कहिले उहाँ जानु भन्छन तर काम केही गर्दैनन्, हामी धाएकै पनि तीन महिना भैसक्यो ।’

त्यस्तै कार्यक्रममा क्यानडा मामिलासम्बन्धी प्रमुख दिपकमोहन भट्टराईले मृत्तकका आफन्तलाई र घाईतेहरुलाई क्यानडा सरकारको तर्फबाट थप क्षतिपूर्ति दिलाउन आफू लागिपर्ने विश्वास दिलाए । उनले भने,‘क्यानडा सरकारलाई आग्रह गर्दापनि बेवास्ता गरे, हामी क्यानडामै कानुनी लडाई लड्छौं, पीडितलाई न्याय दिलाएरै छाड्छौं ।’ उनका अनुसार क्यानडाको सत्तारुढ दल लिवरल पार्टीका प्रभावशाली नेता बब रेले निशुल्क कानुनी लडाई लड्ने व्यवस्था गर्नेवारेमा प्रतिबद्धता व्यक्त गरेका छन् ।

You Might Also Like

0 comments

loading...
http://www.terraclicks.com/watch?key=f267318fe73886271f465cad9dff0b71