Loading...

भोलिबाट फेरि अग्रिम टिकट बुकिङ खुल्ने

6:59 AM

Loading...


काठमाडौं, १६ असोज । यातायात व्यवसायीहरुले काठमाडौं उपत्यकाबाट बाहिरिने यात्रुहरुका लागि भोलि (सोमबार)बाट बसको अग्रिम टिकट बुकिङ खुला गर्ने भएका छन् ।

सरकारसँगको बार्गेनिङ पूरा नभएपछि यसअघि यही असोज ७ गते खुलाएको टिकट बुकिङलाई औपचारिकता मात्रै दिएका यातायात व्यवासायीहरुले आइतबार सरकारसँग भएको छलफलपछि सोमबारबाट टिकट बुकिङ खुला गर्ने भएका हुन् ।

नयाँ गाडी नथपिकन असोज ७ गते खुलाएको बुकिङमा लाखौं यात्रुहरुले टिकट नपाउँदा दशैंमा घर जानबाट बञ्चित हुनुपर्ने अवस्था सृजना भएको थियो । यसपछि सरकारले निजी र सरकारी सवारी साधन प्रयोग गर्ने गरी छलफल थालेपछि यातायात व्यवसायी लचक भएका स्रोतको भनाइ छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको निर्देशन अनुसार सरोकारवाला मन्त्रालयले निजी र सरकारी सवारी साधन प्रयोग गर्नेबारे छलफल चलाएकै दिन आइतबार भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयमा भएको बैठकमा भोलिदेखि बुकिङ खुलाउन र घर जान चाहने सबै यात्रुलाई गन्तव्यमा पुर्याउन व्यवसायीहरु सहमत भएका हुन् ।

You Might Also Like

0 comments

loading...
http://www.terraclicks.com/watch?key=f267318fe73886271f465cad9dff0b71