Loading...

चीनमा जन्मियो दुबै आँखा नभएको बच्चा !

1:18 AM

Loading...
chinese_news34एजेन्सी।चीनमा एउटा अनौठो बच्चाले जन्मि लिएको छ जसको दुवै आखाँ छैनन्। उनको आखा नभउको देखेर त्यहाँका चिकित्सकहरु चिन्तित भएका छन्। चीनको ग्वान्जाओ प्रान्तमा जन्मिएको उक्त बच्चा सेप्टेम्बर २० का दिन अस्पतालमा लियु पिहुआ नामक महिलाले जन्माएकी हुन्।

महिलाले बच्चा जन्माउँदा आखाँ हेर्छकी भनेर सबैले चासो पूर्वक हेरेका थिए। तर जब आखाँ नै नहेरेपछि चिकित्सकहरु नै चकित परकेा थिए। उनीहरुका अनुसार महिलाको भ्रूणमै केही वंशाणुगत समस्याले बच्चाको तन्तु विकास नभएको दाबी गरेका छन्।

उनीहरुले भ्रूणमा हुँदा उचित वातावरण नपाएकोले आखाँ पलाउन कठिन भएको बताएका छन्। आखाँ नभएपछि बच्चाले हेर्न नसक्‍ने चिकित्सकहरुको ठम्याइ छ।

यस्तो आँखाको विकास नै नहुने वंशाणुजन्य समस्यालाई चिकित्सकहरुले एनोप्थ्याल्मिया डिअर्डर बताएका छन्।यो समस्या लाखौँ जिवित शिशुमध्ये एक दुइ बच्चामा मात्र देखा पर्ने उनीहरुको तर्क छ। मानिसको आणुवंशिक परिवर्तन तथा असामान्य क्रोमोजोमका कारण यस्तो समस्या उत्पन्न हुने गरेको चिकित्कको भनाई रहेको छ।

यसका साथै गर्भवती महिलाले बढी एक्सरे गराउँदा, विभिन्न खाले रसायनको प्रयोगका साथै लागू-औषध, विकिरण र भाइरसको संक्रमणबाट समेत यस्तो समस्या आउन सक्‍ने अधिक संभावना हुने उनीहरुको ठम्याई छ।

You Might Also Like

0 comments

loading...
http://www.terraclicks.com/watch?key=f267318fe73886271f465cad9dff0b71