Loading...

राजदेवी मन्दिरमा १४ हजारभन्दा बढी बोकाको बलि दिइयो

10:18 PM

Loading...
धनुषा, २५ असोज - जनकपुरको प्रसिद्ध शक्तिपीठ राजदेवी मन्दिरमा यस पटक १४ हजार ६१७ बोकाको बलि प्रदान भएको छ।


अष्टमीको राति ८ बजेबाट सुरु भएको बोका बलि प्रदानको कार्यक्रम सोमबार बिहान सकिएको छ।

अघिल्लो वर्ष १३ हजार ६८४ बोका बलि प्रदान भएको थियो। आयोजक महावीर युवा कमिटीले यसपटक १८ हजारसम्म बोका बलि प्रदान हुनसक्ने दाबी गरेको थियो। यद्यपि अघिल्ला वर्षको तुलनामा यस वर्ष ९३३ बढी बोका बलि प्रदान भएको छ।

विगतमा २०७० सालमा १४ हजार ८६१ बलि प्रदान भएको थियो भने त्यो सङ्ख्या घटेर २०७१ सालमा १४ हजार ७२२ मात्र बोका बलि प्रदान भएको थियो। अघिल्लो वर्ष २०७२ को तुलनामा यसपटक बोका बलिको सङ्ख्या बढी देखिए पनि २०७० र २०७१ को तुलनामा बोका बलि घटेको देखिन्छ।

एउटा बोकाको बलिको लागि रु १५० को रसिद काट्नु पर्ने हुन्छ। यसरी प्रदान भएको बलिबाट रु २१ लाख ९२ हजार ५०० उठेको महावीर युवा कमिटीका अध्यक्ष धर्मेन्द्र साहले जनाए। रासस

You Might Also Like

0 comments

loading...
http://www.terraclicks.com/watch?key=f267318fe73886271f465cad9dff0b71