Loading...

नेपाली काँग्रेसले दसैंको उपलक्ष्यमा चियापान कार्यक्रम नगर्ने

6:33 AM

Loading...
काठमाडौँ, १६ असोज। नेपाली काँग्रेसले विजया दशमी, दीपावली, नेपाल सम्बत् र छठ पर्वका अवसरमा शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम नगर्ने भएको छ।
nepali congress
काँग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले आज एक विज्ञप्ति जारी गरी तत्कालीन सभापति एवम् पूर्वप्रधानमन्त्री सुशील कोइरालाको निधनका कारण कोजाग्रत पूर्णिमाका अवसरमा गर्दै आइएको शुभकामना आदानप्रदान एवम् चियापान कार्यक्रम यसवर्ष नगर्ने जनाउनुभएको छ।

काँग्रेसले विसं २०३३ सालमा तत्कालीन पार्टी सभापति विश्वेश्वरप्रसाद कोइराला राष्ट्रिय मेलमिलापको नीति लिई स्वदेश फर्केपछि प्रत्येक वर्षको कोजाग्रत पूर्णिमाका दिन जलपान तथा शुभकामना आदानप्रदान गर्दै आएको थियो ।

दुःख व्यक्त

यसैबीच, नेपाली काँग्रेसले मकवानपुरमा आज तीनजनाको ज्यान जाने गरी भएको बस दुर्घटनाप्रति दुःख व्यक्त गरेको छ ।

काँग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले आज एक विज्ञप्तिमार्फत मृतकप्रति श्रद्धान्जलि व्यक्त गर्दै शोकसन्तप्त परिवार तथा आफन्तजनप्रति समवेदना प्रकट गर्नुभएको छ । साथै काँग्रेसले घाइतेको उचित स्वास्थ्योपचारको व्यवस्था गर्न सरकारसँग माग गरेको छ ।

हाँडीखोलाबाट हेटौँडाका लागि छुटेको बस आज हाँडीखोला–२ मकरी नजिक दुर्घटना हुँदा तीन जनाको मृत्यु हुनुका साथै ३१ जना घाइते भएका थिए । रासस

You Might Also Like

0 comments

loading...
http://www.terraclicks.com/watch?key=f267318fe73886271f465cad9dff0b71