Loading...

काश्मिर तनाव : पाकिस्तानी बिद्रोही र सुरक्षाकर्मीबिच भिडन्त जारी

8:13 PM

Loading...
काश्मिर, २५ असोज - भारत प्रशासित काश्मिरको पन्पोरमा सुरक्षाकर्मी र पाकिस्तानी बिद्रोहीबिच अहिले पनि जारी छ।

पन्पोरको एक भवनमा लुकेका बिद्रोही र सुरक्षाकर्मीबिच सोमाबार बिहानदेखि भिडन्त भएको हो। भिडन्तको क्रममा एक जना सुरक्षाकर्मी घाइते भएको भारतीय सेनाले जनाएको छ।

सेना, सीमा सुरक्षा बल, केन्द्रिय रिजर्व प्रहरी बल र प्रहरीसहित संयुक्त टोलीले भवनलाई घेराबन्दी गरेको छ। आसपासको क्षेत्रमा करफ्यु लगाइएको छ।

श्रीनगर–जम्मु राजमार्गमा पर्ने आन्त्रपेन्योर डेभलपमेन्त इन्स्टिच्युडको यो भवनमा लुकेका बिद्रोही र सुरक्षाकर्मीबिच भिडन्त भइरहेको हो।

गएको फेब्रुअरीमा पनि बिद्रोही घुसेका थिए। त्यसबेला झण्डै ४८ घण्टासम्म भएको भिडन्तमा एक नागरिक, चार बिद्रोही र तीन जना सुरक्षाकर्मीको ज्यान गएको थियो।


You Might Also Like

0 comments

loading...
http://www.terraclicks.com/watch?key=f267318fe73886271f465cad9dff0b71