Loading...

भारतको दबाब झेल्न नसक्दा : परराष्ट्र मन्त्रालयद्वारा पाँच दिनमा तीन वटा विज्ञप्ति जारी -

9:17 PM

Loading...
काठमाडौं, १७ असोज - दक्षिण एशियाली क्षेत्रीय सहयोग संगठन९सार्क०बारे परराष्ट्र मन्त्रालयले पाँच दिनमा तीन वटा विज्ञप्ति जारी गरेर विदेश नीतिमा अस्थिरता प्रदर्शन गरेको छ। एकै विषयमा एक–एक दिनको फरकमा यसरी लगातार विज्ञप्ति आउनु र धारणामा परिवर्तन हुँदै जानुलाई विज्ञहरुले अर्थपूर्ण रुपमा लिएका छन्।

एउटा विषयमा लगातार विज्ञप्तिमा आउनु र त्यसमा धारणा निरन्तर रुपमा परिवर्तन हुनुले आफ्नै शब्दजालमा फसेका देखिन्छ। भाषामा मेल पनि खाँदैनु नाम उल्लेख एक परराष्ट्र मामिलाका जानकारले भने, यसले हाम्रो निरन्तरता देखाउँदैन। बरु भुटानले शुरुमै आफ्नो कुरा भन्यो। त्यसपछि चुप लागेर बस्यो। नेपालले त्यति पनि गर्न सकेन। उनले दबाब थेग्न नसकेको परिणाम यस्तो भएको आशंका गरे।



पछिल्लो विज्ञप्तिले नेपाल पनि अफगानिस्तान, श्रीलंका, भुटान र बंगलादेशसँगै भारतीय कित्तामा पुगेको छ। पछिल्लो विवादमा भारतको पाकिस्तानलाई कुटनीतिक क्षेत्रमा एक्ल्याउने नीति छ।

भारतसहित चार देशले पाकिस्तानको राजधानी इस्लामावादमा कातिक २४ र २५ मा आयोजना हुने १९ औं सार्क शिखर सम्मेलनमा सहभागी नहुने जानकारी गराएपछि बुधबार पहिलो विज्ञप्ति जारी गरेको थियो।

विकसित घटना क्रमलाई गम्भीरतापूर्वक लिएको भन्दै सार्कको अध्यक्ष राष्ट्र नेपालले जारी गरेको पहिलो बिज्ञप्तिमा १९ औं सार्क शिखर सम्मेलनका लागि वातावरण सिर्जना गर्न आग्रह गरेको थियो। नागरिक दैनिकबाट


You Might Also Like

0 comments

loading...
http://www.terraclicks.com/watch?key=f267318fe73886271f465cad9dff0b71