Loading...

अस्ट्रेलियाली संस्थाद्वारा विद्यालयलाई खेल सामग्री

8:01 PM

Loading...
भक्तपुर, १८ असोज - अस्ट्रेलियाको एक संस्थाले भक्तपुरका २० विद्यालयलाई खेलकुद सामग्री हस्तान्तरण गरेको छ । सोमबार भक्तपुरको वागीश्वरी उच्च माविमा नेपाल ब्याडमिन्टन सङ्घ र भक्तपुर जिल्ला ब्याडमिन्टन सङ्घले संयुक्त रुपमा आयोजना गरेको कार्यक्रममा अस्ट्रेलियाली संस्था सटल टाइम नेपालले ब्याडमिन्टन खेलसम्बन्धी सामग्री प्रदान गरेको हो।

विद्यार्थीको खेलकुदमा रुची बढोस् र खेलको विकास होस् भनेर प्रत्येक विद्यालयलाई १०–१० वटा ¥याकेट, ६–६ वटा कक, १–१ वटा नेटलगायतका सामग्री प्रदान गरेको भक्तपुर जिल्ला ब्याडमिन्टन सङ्घका प्रथम उपाध्यक्ष नवीन प्रजापतिले जानकारी दिनुभयो।

कार्यक्रममा काठमाडौँ ब्याडमिन्टन सङ्घका अध्यक्ष दीपक थापा, भक्तपुर जिल्ला ब्याडमिन्टन सङ्घका अध्यक्ष राजेन्द्र प्रजापति, वागीश्वरी उमाविका प्राचार्य कृष्णप्रसाद धन्छालगायतले यी सामग्रीले विद्यालय तहबाटै ब्याडमिन्टन खेलको विकासमा टेवा पुग्ने चर्चा गर्नुभयो।

खेल सामग्री पाउने विद्यालयमा वागीश्वरी उमावि, वासु उमावि, पद्म उमावि, प्रभात उमावि, डेमोस मावि, गोल्डेनगेट मावि, माउण्ट भ्यू मावि, गणेश मावि सिपाडोल, प्राइम एकेडेमी, तारा मावि, हिमालयन ग्लोरी, सूर्यदीप उमावि, ओमज्ञान मन्दिर, होली गार्डेन इङ्लिस स्कुल, वाईजल्यान्ड स्कुल, स्याकर्ड हार्ट स्कुल, ब्राइटस्टार एकेडेमी, बाल विकास इङ्लिस स्कुल, एजे सेकेण्डरी स्कुल, विद्या आर्जन स्कुल रहेका छन्। रासस -

You Might Also Like

0 comments

loading...
http://www.terraclicks.com/watch?key=f267318fe73886271f465cad9dff0b71