रुसले क्षेप्यास्त्र प्रतिरक्षा प्रणाली तैनाथ गर्दा पश्चिमा राष्ट्रहरुमा हलचल मच्चियो
9:55 PM
Loading...
काठमाडौं, १९ असोज - रुसले सिरियाको टार्टसमा रहेको आफ्नो सैन्य शिविरमा क्षेप्यास्त्र प्रतिरक्षा प्रणाली तैनाथ गरेको छ।
सामरिक हिसाबले निकै महत्वपूर्ण सिरियाको पोर्ट अफ टार्टसमा रुसी सेनाको एयर बेस रहेको छ। सोही शिविरमा रुसले एस ३०० एयर डिफेन्स सिस्टम तैनाथ गरेको हो।
अघिल्लो वर्ष रुसले सिरियाली विद्रोहीको अखडामा हवाई हमला सुरु गर्नुपूर्व सोही एयर बेसमा अहिलेको भन्दा पनि आधुनिक र सुविधा सम्पन्न एस ४०० एयर डिफेन्स सिस्टम तैनाथ गरेको थियो।
रुसले पश्चिमी सिरियामा बढेको तनावलाई मध्यनजर गर्दै थप शक्ति परिचालन गरेको हो। रुसको यो कदमले पश्चिमा राष्ट्रहरुमा हलचल मच्चिएको छ। एजेन्सी
0 comments