Loading...

चाडपर्व नजिकिएपछि मध्यपश्चिममा सुरक्षा ब्यबस्था कडाई

10:44 PM

Loading...
असोज १८ । नेपालीहरुको महान चाड बडादशैं नजिकिएपछि मध्यपश्चिमका विभिन्न जिल्लाहरुमा सुरक्षा ब्यबस्था कडाई गरिएको छ ।

चाडपर्वको समयमा चोरी, डकैतीका घटना र उत्श्रृङ्खल गतिविधि हुन नदिनका लागि यस क्षेत्रमा सुरक्षा ब्यबस्था कडाई गरिएको हो ।

चाडपर्वको समयमा विभिन्न अपराधिक घटनाहरु घट्न नदिनका लागि पनि यस क्षेत्रका सबै जिल्लामा सुरक्षा ब्यबस्था कडाई गरिएको मध्यपश्चिमाञ्चल क्षेत्रिय प्रहरी प्रमुख डिआईजी माधव प्रसाद नेपालले बताए ।

नेपालीहरुको महान चाड वडादशैं र तिहारलाई मध्यनजर गर्दै शान्ति–सुरक्षा सुदृढ र ब्यबस्थित गरिएको उनले जनाए ।

वडा दशै तथा शुभ दिपावलीको पावन अवसरमा नेपालगञ्जमा आयोजित शुभकामना आदनप्रदान कार्यक्रममा डिआईजी नेपालले विभिन्न जिल्लामा भएका अपराधका घटनाका बारेमा समेत जानकारी दिएका थिए ।

उनले आरआईटीका आधारमा यस क्षेत्रमा नेपाल प्रहरीले जघन्य अपराधमा संलग्न ६ सय २५ जना व्यक्तिलाई कारवाही गरेको बताए । अशान्ति भए तस्करी बढ्ने भएकाले प्रहरीको पहिलो प्रथामिकता शान्ति सुरक्षा कायम गर्ने र तस्करी समात्ने रहेको उनको भनाई थियो ।

विशेष गरी चाडपर्वको समयमा नागरिकहरुलाई शान्तिसुरक्षाको प्रत्याभूति गराउनका लागि मध्यपश्चिमका सबै जिल्लाहरुमा सुरक्षा अभियान नै संचालन गरेर प्रहरी सक्रियता बढाइएको बताए ।

You Might Also Like

0 comments

loading...
http://www.terraclicks.com/watch?key=f267318fe73886271f465cad9dff0b71