Loading...

३० वर्ष लागिन् निशा अधिकारी, नामको पछाडि थपिन् मल्ल, के छ रहस्य ?

10:49 PM

Loading...
nisha_adhikariकाठमाडौँ, Image result for nisha adhikari

१८ असोज ।
नायिका निशा अधिकारी ३० वर्ष लागेकी छन् । उनको जन्मदिन असोज १८ गते हो । निशाले आजदेखि आफू ३० वर्षे क्लबमा प्रवेश गरेको जानकारी गराएकी छन् ।
उनले आजको दिनसम्म आइपुग्न धेरै संघर्ष गर्नुपरेको उल्लेख गर्दै आफूलाई सहयोग गर्ने सबैलाई धन्यवाद दिएकी छन् ।
सामान्यतः महिलाहरूले आफ्नो नामको पछाडि थर विवाहपछि मात्रै परिवर्तन गर्छन् । पछिल्लो समय त्यो प्रचलन हटेको छ । तर, निशाले आफ्नो नामको पछाडि मल्ल राखेकी छन् । झट्ट हेर्दा निशाले मल्ल थर लेख्नुको पछाडि मल्ल थरका पुरुषसँग विवाह गरिन् कि भन्ने बुझिन्छ । तर, यसबारे उनले खुलाएकी छैनन् ।
नायिका प्रियंका कार्कीले निशा अधिकारीलाई उनको जन्मदिनको शुभकामना दिएकी छन् । उनले निशा र आफू साथी मात्र नभएर सानो ग्याङ नै भनेकी छन् ।

You Might Also Like

0 comments

loading...
http://www.terraclicks.com/watch?key=f267318fe73886271f465cad9dff0b71