टेलिकमको मोबाइल सेवामा समस्या, देशभरको सेवा प्रभावित
10:13 PM
Loading...
काठमाडौं, २२ असोज - नेपाल टेलिकम एनटिसीको मोबाइल सेवामा समस्या आएको छ। शनिबार बिहान ६ बजे मात्रै टावरमा समस्या आएको खबर आएको नेपाल टेलिकमले जनाएको छ।
देशभर मोबाइल सेवा बिग्रँदा सेवाग्राही मर्कामा परेका छन्। प्राविधिक कारणले सेवामा समस्या आएकाले सेवा सञ्चालन हुन समय लाग्ने टेलिकमले जनाएको छ। बिहान १० बजेपछि मात्रै सेवा खुल्ने सम्भावना रहेको टेलिकमले जनाएको छ।
0 comments