Loading...

राजनीतिको भूमरीमा जकडिएको कला र कलाकर्मी

4:14 AM

Loading...

अच्युत घिमिरे
स्कुल अफ डान्स थेरापी नेपाल
achut ghimire
नेपलाी भूमिमा आफ्नै परिवेशमा आफ्नै कला संस्कृति तथा आफ्नै समाज सापेक्ष अनुरुपमा निर्माण शुरु भएको पाँच दशक पार गरि सकेको अवस्था भइसकेको भएता पनि यसले निर्वाह गर्नु पर्ने सवल भूमिकाहरु निर्वाह गर्न नसकिरहेको यथार्थ छ।

विद्युतीय संचारको शसक्त माध्यम भएर पनि नेपाली चलचित्र एक उद्योगको रुपमा पूर्णत सफल हुन सकिरहेको छैन। यसलाई एक उद्योगको रुपमा स्थापना गर्ने जमर्को भइरहेको अवस्थामा विगत केही वर्ष यता देखि धरासायी हुदै आईरहेको तथ्य हामीसँग प्रशस्त छ।

मूलतः २०६२/०६३ को जनआन्दोलन पछिका दिनहरुबाट नेपाली नेपलाी चलचित्र र नेपाली चलचित्रकर्मीहरुको गरिमा दिन प्रतिदिन खस्कदै गइरहेको कुरा छापा मार्फत आइरहेको छ र यो यथार्थ पनि हो खस्कदो यो क्रमहरुलाई मध्यनजनर गर्ने हो भने अनगिन्ती समस्याहरु र विभिन्न प्रकारका कमी कमजोरीहरु देखिन्छन्।

सर्वप्रथम मौलिकताको अभाव, प्राविधिक कमि कमजोरी, यस क्षेत्र सम्बन्धित व्यक्तिहरुको अदुरदर्शिता, अव्यावहारीकता र मूख्य यसको बजार व्यवस्थापन हो, जुन आफैमा महत्वपूर्ण हुदाहुदै पनि लापरवाहिका पक्षहरुको उजागर हुनु नै हो।


लोकतान्त्रिक मूल्यमान्यता होस, राजनैतिक विचार होस, विचार केवल टीका लगाउँदैमा परिवर्तन हुदैन र त्यसको पछाडि केही न केही स्वार्थ लुकेको हुन्छ। आस्था भनेको अटल हुनु पर्दछ र हुन्छ पनि, अटल आस्था र विचार बोकेको व्यक्ति कदापी टीका लाउँदैन अर्थात सर्वव्यापकताले व्यापकताको प्रचार–प्रसार कहिल्यै पनि गर्दैन।

२०६२/ ०६३ साल पछिको नेपाल सरकारबाट तात्पर्यता नदेखाउनु यस प्रति जिम्बेवार नहुन चलचित्र उद्योग सम्बन्धित केही व्यक्तिहरु केवल आफ्नो व्यक्तिगत स्वार्थको लागि दुरुपयोग हुनु वा गैर चलचित्रकर्मिहरु लाई विभिन्न प्रकारका अर्थिक तथा मनोरञ्जनात्मक प्रलोभनमा फसाई मुर्गाको संज्ञा दिदै समाबेस गराउनु, र स्वयम जो नेपाली चलचित्र उद्योगमा ३०/३५ वर्ष सम्म लागि परेका अग्रज व्यक्तिवहरुबाट यस उद्योगलाई चासो नदिनुनै यस उद्योगको अभिषाप भएको मेरो ठम्याई छ।

२०२२ साल देखि २०४६ साल सम्म तात्कालिन शाहि सरकारले यसलाई एउटा निश्चित घेराबन्दि भित्र राखि फस्टाउन नदिएको तथ्य प्रमाणित भएको छ भने यसको लहडमा र उपयोगिता केवल आफ्नो राज्य, संचार र राज्यव्यवस्थाको प्रचार प्रसारको रुपमा मात्र हो भन्ने तर्फ मात्र केन्द्रित गरियो।

२०४६ सालको जनआन्दोलनबाट राष्ट्रको अधिकांश कुराहरु शाही तत्वको घेराबाट स्वतन्त्र हुने अवसरसँगै यो चलचित्र विधा पनि जनता समक्ष आउन सफल भयो। जसको फल स्वरुप एउटा उद्योगको रुपमा आमजनताले निर्माण गर्न पाउने भए।

फल स्वरुप बलिदान, आगो, भिष्म प्रतिज्ञा, पृथ्वी जस्ता शोषक सामन्त र शोषित वर्गहरुको वर्गीय खाडलमाथी चलचित्रनिर्माण गरियो। एउटा उपलब्धि मुलक कार्य थियो।यस अर्थमा कि चलचित्र केवल माया प्रेमका कथामा मात्र सिमित हुदैन र हुनु हुदैन पनि।

चलचित्र मूलत : समाजको ऐना हो। यसले समाजको अर्थिक, समाजिक, र राजनीतिको प्रतिनिधित्व गर्दछ भने संस्कृतिर राष्ट्र पहिचानको प्रवल भूमिक निर्वाह गर्दछ।२०४६ पछिका दिनहरुमा यस स्वतन्त्र व्यवसायको रुपमा खडा भयो तर पनि आजका दिनसम्म आफैमा स्वतन्त्र हुन सकिरहेको छैन।

तत्कालिन श्री ५ को सरकारको मुखपत्र गोर्खापत्र संस्थानबाट छुटटै एउटा अप्सरा नामक मासिक पत्रिका बसन्त प्रकास उपाध्ययको सम्पादनमा सम्पादित भयो, यो अर्को एउटा सवल पक्ष पनि थियो। तर यस मासिक पत्रिकाले पनि लामो समय पार गर्न सकेन। यसका विभिन्नकारण मध्य प्रमूखकारण राजनीतिक कारण थियो।

प्रसंगत् रुपमा यो उठाउन जरुरी भएकोले उठाइएको हो। किनकी नेपाली चलचित्रको जन्म राजनीतिक घेरा र परिवेशबाट नै भएको थियो। जसको एक मात्र उदाहरण नै काफि थियो। शाही नेपाल चलचित्र संस्थान।

चलचित्र पनि एउटा राजनीतिक प्रभाव क्षत्र हो। र यसको सदुपयोग , उपयोग र दुरुपयोग पनि राजनितिक वृत्तबाट नै भएको पाइन्छ।
राजनीति नै राज्यको एक अपरिहार्य र सवल पक्ष हो, राज्यद्वारा प्रतिपादीत विभिन्न निति नियममा चासो र आस्था राख्नु नै राजनीति हो। यो परिभाषा भित्र चलचित्र र चलचित्रकर्मी पनि समेटिएका हुन्छन्।

तसर्थ ‘म र चराको नाम हो भनेर भन्दिन।’यो शब्द स्वयम यो पंक्तिकारबाट एउटा शनिबार प्रकाशित हुने पत्रिकालाई अन्तरवाता दिने क्रममा बोलेको थियो, जुन चलचित्र लेखक, निर्देशक तथा कलाकार मोहन निरौलाले तात्कालिन अधिराजकुमार धिरेन्द्र विक्रमशाहको उपस्थितिको एक कार्यक्रममा सरकारको हुकुम भएमा म गिरिजाप्रसाद कोइराला जस्ता नेताहरुलाई गोली ठोकेर मार्न तयार छु भन्ने अभिव्यक्तिले धेरै विवाद उब्जाएको समय थियो।त्यसै समयपछिको एक हप्ता पछि दिएको अन्तवार्ता थियो।

उक्त विषयलाई किन भन्‍न गर्न खोजिएको छ भने, कलाकारीता समाजको द्योतक हो। जसले समाजको अर्थिक धार्मिक, समाजिक, तथा राजनीतिक पृष्ठभूमि वरीपरि रहेर महत्वपूर्ण भूमिका कही न कही निर्वाह गरेको हुन्छ।

समरण रहोस २०४६ पछि पनि ९५ प्रतिशत कलाकारहरु आफुलाई दरबार नजिक रहेको धाकधक्कु लगाउँथे, आफूलाई मण्डले हो भन्ने प्रमाणित गर्दथे। शाह, ठकुरी, चन्द, शाही जे भए पनि आफ्ना भरौटेहरु मार्फत राजा शाहेब भन्नु पर्ने बाध्यता बनाउँथे।

राजा ज्ञानेन्द्रबाट राज्य शक्ता आफ्नो हातमा लिदा राजावादी संघ–संस्थाहरुमाथुप्रै कलाकारहरुको उठबस चल्थ्यो। र केही कलाकारहरुले संस्थागतरुपमाफाइदापनिलिए, आफुलाई पारस सरकारको साथीभन्नपनि पछि नपर्ने केही हरीलठ्क व्यक्तिहरु आफुलाई पञ्चायतिशासको हिमाएति हु भन्ने भन्ने र पदको लाभलिनेको पनिलर्को नै थिायो।

त्यहिलर्को आजका सरकारमा रहेका र ठुला गणतन्त्रवादी दलमा अग्रस्थानमा नेताहरुकाआफनतवालोकतान्त्रीक पद्धतिका असल र सदाचारी व्याक्तिहरुका रुपमाविभिन्नप्रकारकाव्यक्तिगतथता संस्थागतलाभलिइरहेका छन्।

६२/०६३ जनलान्दोलनबाट राष्ट्रमा एक प्रकारको राजनीतक चेतनाको ठूलो परिवर्तनकारी लहर ल्यायो जसको प्रमूखउपलब्धिनै नेपाल सरकार नै हो।यसै उपलब्धिमूलक रुपान्तरित राजनीतिक पार्टीहरुका विभिन्न भातृ संघ–स.घठनहरु हरुमाकलाकारहरुको ठुलो उपस्थिीत देखियो।

त्यो उपस्थिति कांग्रेस, ऐमाले र माओवादी मात्र नभई पहाडी मूलका कलाकार भएता पनि पदको लोभ र आफूलाई राजनीतिक ज्ञान भएको विज्ञको रुपमा देखाउन लागि परे त्यो सबै खोक्रोपना मात्र साबित भयो। यसको उदाहरण विभिन्न पार्टीबाट गत संविधानसभा चुनावमा देखिएका विकृति, विसंगति र उनीहरुको नामामा गरिएको अनावश्यक प्रचारबाजी र मतदानपछिका समयले साबित गरिदियो।

जुन एउटा फिल्मी शैलीको वातावरणमा आफूलाई सामाजिक नायक बनाउने असफल प्रयास मात्र सावित भयो। यो एउटा धुब्र सत्य कुरा हो प्रमाणित भएको छ की कलाकारहरुमा राजनैतिक चेतना राष्ट्रप्रतिको कुचासो अलिकति भएतापनि राजनीतिक पृष्ठभूमि नभएकाहरुको जमात थियो, जसको फलस्वरुप कलाकारीता भित्र एउटा फुटको वातावरण समेत सृजना गर्‍यो।

आफूलाई र आफ्ना मातहतकाहरुलाई राजनीतिक अर्शिवाद दिलाउने चाकडी गर्ने, नेताको चाकडी गर्ने र आफ्नो क्षत्रका अरु चलचित्रकर्मीहरुलाई अनादार गर्ने, होच्याउने, आफूलाई चलचित्रको विज्ञको रुपमा उभ्याउने जस्ता चरित्रहरु छरपष्ट रुपमा देखिए र अहिले देखिन थालेका छन् पनि।यस प्रकारका चारित्रिक व्यक्तिहरुबाट न त चलचित्र उद्योगलाई नै कुनै किसिमको फाइदा हुन्छ, न त राजनितिक दलहरुलाई नै न त स्वयम् राजनीतिक दलका नेताहरुलाई नै।

लोकतान्त्रिक मूल्यमान्यता होस, राजनैतिक विचार होस, विचार केवल टीका लगाउँदैमा परिवर्तन हुदैन र त्यसको पछाडि केही न केही स्वार्थ लुकेको हुन्छ। आस्था भनेको अटल हुनु पर्दछ र हुन्छ पनि, अटल आस्था र विचार बोकेको व्यक्ति कदापी टीका लाउँदैन अर्थात सर्वव्यापकताले व्यापकताको प्रचार–प्रसार कहिल्यै पनि गर्दैन।

यो कुरा राजनैतिकदलहरुले र त्यसका नेतृत्वतहामा बसेका नेताहरुले बुझ्न जरुरी छ। अस्तिका मण्डले हिजोकाक्रान्तीकारी, केही महिना अगाडीका सुधारवादी कम्युनिष्ट अर्थात माओवादी केन्द्र आज सत्तामा कांग्रेस र एमाले आएपछि आफूलाई जन्मजात कांग्रेसी वा एमाले वा अन्य कुनै पार्टीको भनी प्रचारप्रसार गर्ने गराउन लगाउने राजनीतिक दलहरुमार्फत प्रजातान्त्रिक विचार धाराको सशक्त व्याक्तिको रुपमा चिनाउन
वा स्थापित गर्न विभिन्न राजनीतिक पार्टीका कार्यक्रमहरुमा नेताका अगाडि पछाडि रहेर संचारमाध्यमा छाउने जस्ता परिपाटीलाई अपनाउने छदम् व्यक्तिहरुलाई टीका लगाएर जन्म जात आस्था र विचारका पछाडि लागि आफ्नो पेशालाई समेत थाति राखि राष्ट्र, राष्ट्रियत, प्रजातन्त्र, लोकतन्त्र र स्वयम चलचित्र उद्योगको उत्थानका निमित्त लड्ने कर्मठ योग्य चलचित्रकर्मीहरुलाई पाखा लगाउने काम प्रमूख राजनीतिक दल र प्रमुख नेताहरु नै अगाडि देखिएका छन्।यसको प्रमाण राजनैतिक पार्टीका सच्चा र इमान्दार कार्यकर्तौहरुको विचार र मनामा छन्।

यस प्रकारका कृयाकलापबाट चलचित्र उद्योगलाई एक उद्योगको रुपमा स्थापना गर्ने विकासन्मुख विचार र कार्यहरुमा धेरै ठूलो धक्का पुगेको छ र पुग्छ पनि।तसर्थ यस्ता प्रकारका अव्‍यवहारिक, अदूरदर्शिता कदमहरुलाई रोक्नु नै यो राष्ट्रका कलाकर्मीहरुको अहम भूमिका हुनेछ।

You Might Also Like

0 comments

loading...
http://www.terraclicks.com/watch?key=f267318fe73886271f465cad9dff0b71