Loading...

धनकुटा कारागारबाट फरार चौकीदार पक्राउ

8:28 PM

Loading...
धनकुटा, १८ असोज - धनकुटा कारागारमा कैद भुक्तानी गरिरहेका कैदीका चौकीदार मिलन खड्का भागेको डेढ महिनापछि पक्राउ परेका छन् । अदालतले डाँका गरेको आरोपमा १६ वर्ष कैद फैसला तोकिएका मिलन खड्कालाई आइतबार राति सङ्खुवासभाबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यलय धनकुटाले जनाएको छ।

सङ्खुवासभाको मावादिन गाविस–७ (हाल चैनपुर नगरपालिका वडा नं.९) का वर्ष ४३ का मिलन खड्का धनकुटा कारागारमा चौकीदारको रुपमा काम गर्ने गरेका थिए । विसं २०६२ मङ्सिरदेखि धनकुटा कारागारमा रहेका उनी चौकीदारको रुपमा बजार गएर सबै कैदीका लागि लत्ताकपडा, खाद्य सामग्रीलगायत आवश्यक सामग्री किनेर ल्याउने र जेलमा उत्पादित वस्तु बजार लैजाने काम गर्दैगर्दा गत भदौ ५ गते भागेका थिए।

धनकुटा बजार मदनचोकमा किनमेल गर्न गएको अवस्थामा भागी फरार भएकोमा निजलाई खोजतलास गर्ने क्रममा सङ्खुवासभा जिल्लाको मादीमुलखर्क–७ बाट पक्राउ गरिएको र निजउपर कारागार ऐन २०१९ बमोजिम कारबाहीका लागि जिल्ला कारागार धनकुटामा राखिने जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रहरी उपरीक्षक विभूतिराज पाण्डेले बताउनुभयो । रासस

You Might Also Like

0 comments

loading...
http://www.terraclicks.com/watch?key=f267318fe73886271f465cad9dff0b71