एउटै खेलमा ४३ गोल खाएपछि जर्मनीका गोलकिपर प्रहरी फन्दामा - read more news
11:14 PM
Loading...
म्युनिख, ५ असोज - एउटै खेलमा ४३ गोल खाएपछि जर्मनीका गोलकिपर प्रहरी फन्दामा परेका छन्। भर्खरै जर्मनीमा भएको एउटा लिगमा कसैले कल्पनै नगरेको कीर्तिमान कायम गर्ने क्रममा पिएसभी ओबेरहाउसेन क्लबले एसभी भोन्डेरोर्टलाई ४३-० गोलले पराजित गर्यो।
जर्मनी पत्रिका एक्सप्रेसका अनुसार ओबेरहाउसेनले पहिलो हाफमै ३५ गोल ठोकिसकेको थियो। जसका कारण दोस्रो हाफपछिको खेलमा भोन्डेरोर्टको क्षेत्रमा ८ खेलाडी मात्र देखा परे। पहिलो हाफको नतिजापछि ३ खेलाडी मैदानमा प्रवेश गर्न मानेनन्। प्रत्येक २ मिनेटमा गोल खाएका भोन्डेरोर्टको गोलकिपर मार्को कोइटेक यो घटनालाई बिर्सन चाहन्थे।
तर, खेल सकिएको ५ दिनपछि डोर्टमुन्डदेखि ३० माइल पश्चिममा पर्ने बोट्रोपमा अभ्यासरत रहेको बेला छानबीनका लागि प्रहरीले मार्कोलाई गाडीमा हालेर लग्यो। २५ वर्षिय गोलकिपरलाई दुईवटा गाडीमा आएका प्रहरीले स्थानीय प्रहरी चौकीमा पुर्याएका थिए। एजेन्सी
0 comments