भारतविरुद्ध पाकिस्तानमा वृहत प्रदर्शन, सेना प्रमुखको हातमा मोदीको काटिएको टाउको !
3:59 AM
Loading...
दुवै देश एकले अर्कोलाई गाली गलौज र आआफ्नै कुरालाई ठीक भन्दै घोचपेच गरिरहेका छन्। यही स्थितिमा भारतविरुद्ध पाकिस्तानको राजधानी इस्लामाबादमा वृहत प्रदर्शन भएको छ।
उक्त प्रदर्शनमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको टाउको काटेर प्रदर्शनकारी तथा पाकिस्तानी सेना प्रमुखले हातमा लिएको तस्विर सहितको पोष्टर बोकेका थिए।
पोष्टरमा पाकिस्तानी सेना प्रमुख राहिल शरीफले हातमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको काटेको टाउको लिएको देखाइएको छ। त्यसै गरी अर्को हातमा रगत लत्पतिएको तरबार देखाइएको छ।
पाकिस्तानी अखबार ‘द नेशन’का अनुसार कश्मिरमा बुरहान वानी मारिएपछि कश्मिरमा भएको हिंसाको विरोधमा भारत विरुद्ध प्रदर्शन भएको हो। गत जुलाइ ८ मा भारतीय सेनाले आतंकबादी संगठन हिजबुल मुजाहिदीनका कमाण्डर बुरहानी वानीलाई इन्काउन्टर गरेको थियो। त्यसपछि कश्मिरमा हिँसा जारी छ।

![]() |
0 comments