कारागारमा चौगुना बढी कैदीबन्दी, ब्यबस्थापनमा समस्या - See more at: http://dcnepal.com/news/news.php?nid=236891#sthash.HaOfx4oB.dpuf
4:15 AM
Loading...
असोज ९ । जाजरकोटको जिल्ला कारागारमा क्षमताभन्दा चौगुना बढी कैदीबन्दी भएपछि ब्यबस्थापन गर्न समस्या भएको छ । दश जनाको क्षमता भएको कारागारमा ४४ जना कैदीबन्दी भएपछि ब्यबस्थापन गर्न समस्या भएको जेलर तेजविक्रम शाहले बताए ।
शाहका अनुसार हाल एकजना महिलासहित ३६ जना कैदी र सातजना थुनुवा गरी जम्मा ४४ जना कैदीबन्दी रहेका छन् ।
कारागारमा कैदीबन्दीको संख्या बढ्दै गएपछि उनीहरुलाई खान, बस्न र सुत्न समेत समस्या भएको हो ।
बाल सुधारगृह पनि नभएकाले विभिन्न समस्या उत्पन्न भएको बताउँदै जेलर शाहले यसका लागि सम्बन्धित निकायमा पटक पटक जानकारी गराए पनि कुनै सुनुवाइ नभएको बताए ।
0 comments