Loading...

तपाइँलाई ग्याँष्ट्रिकको समस्या छ ? छुट्कारा पाउन यसो गर्नहोस् -

3:22 AM

Loading...
असोज ११ । ग्याँष्ट्रिकबाट छुटकार पाउन विभिन्न तरिका अपनाउन सकिन्छ । यसका लागि मुख्य तरिका यस प्रकार छन् –


कागती पानी – पेटमा धेरै ग्यास भएको अवस्थामा कागती पानी पिउने । यसले ग्यास हटाउने काम गर्छ र पेट फुल्न दिँदैन । खाली पेटमा कागती पानी खानाले पेटमा ग्यास कम हुन्छ ।

कार्बोहाइड्रेट कम खाने – पेटमा ग्यास जमेर पचाउन गाह्रो पर्ने भएकाले बियर, वाइन, मकै, राजमा, बन्दा, प्याजजस्ता खानेकुराबाट टाढै बस्नु उपयुक्त हुन्छ ।

दूध नपिउने – ग्यास्ट्रिक भएकालाई दूधले फाइदा गर्दैन । पचाउन गाह्रो पर्ने भएकाले दूध नखानु नै बेस हुन्छ । यसको सट्टा दही र अन्य दूधबाट बनेको परिकार खानु राम्रो हुन्छ ।

प्रशस्त पानी पिउने – लगातार पानी पिउँदा पेटमा ग्यास जम्मा हुन पाउँदैन र जिउमा समेत पानीको सन्तुलन कायम राख्छ । तर पानीको सट्टा कोक, फेन्टाजस्ता कोल्ड ड्रि«ङ्कको प्रयोग गर्नुहुँदैन । यसले पेटमा ग्यास बढाउँछ ।

लसुन पानी – बिहान उठ्नासाथ दुई–तीन पोटी लसुन पानीसँग निल्ने हो भने ग्यास्ट्रिक भएकाहरूलाई फाइदा गर्छ । उच्च रक्तचाप भएकाहरूलाई समेत यसले फाइदा गर्छ ।

खाना समयमा खाने – ग्यास्ट्रिक भएकाहरूले सकेसम्म प्रत्येक दुई घन्टाको फरकमा खाना खाने । लामो समय केही नखाँदा पेटमा हावा भरिएर यसले समस्या उत्पन्न गर्छ । श्रोत: स्वास्थ्यखबर

You Might Also Like

0 comments

loading...
http://www.terraclicks.com/watch?key=f267318fe73886271f465cad9dff0b71