Loading...

बक्राहा खोला गाउँमा पस्दा तीस घर विस्थापित

5:33 AM

Loading...
उर्लाबारी ( मोरङ), ९ असोज । मोरङको इटहरा–३ स्थित धरमभकारी भन्ने ठाउँबाट आज बिहान फेरि बक्राहा खोला गाउँमा पस्दा सो क्षेत्रका ३० घरपरिवार विस्थापित भएका छन् ।

हिजो साँझदेखि नै परिरहेको वर्षाले आज दिउँसो खोलामा पानी बढेर इटहरा – ३ जयनगर बस्तीका ३० घरपरिवार विस्थापित भएका हुन् । अहिले उनीहरु खोलाको बाँध र आफन्तको शरणमा बसिरहेका छन् ।

गत असोज ५ गते बुधबार नै सो ठाउँमा खोलाले बाँध फुटाएको थियो । खोलाले फुटाएको बाँधको तटबन्धन हुन नसक्दा आज फेरि खोला गाउँमा पसेको इटहरा प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक सीताराम भण्डारीले जानकारी दिनुभयो ।

बक्राहा खोला गाउँमा पस्दा इटहराको वडा नं ३, ४ र ५ डुबानमा पर्ने गरेको छ । गत बुधबार खोला गाउँमा पस्दा ती वडाका तीन सय भन्दा बढी घर डुबानमा परेका थिए भने सयौँ बिगाहा धानबाली नष्ट भएको थियो ।

पूर्वी पहाडी जिल्लामा अविरल वर्षा भइरहेका कारण पनि स्थानीयवासी बाढीको त्रासमा रहेका छन् । “अझै पनि वर्षा भइरहेका कारण ढुक्क भएर बस्नसक्ने अवस्था छैन,” इटहरा – ३ की चन्द्रकला रिजालले भन्नुभयो – “खोलाको बाँधमा बस्नुपर्ने अवस्था छ हालसम्म कसैले पनि राहत र उद्धार गर्न सकेको छैन ।”

बाढीपीडितले स्थानीय प्रशासनले राहत दिन नसकेको भन्दै गुनासो गरेका छन् । रासस

You Might Also Like

0 comments

loading...
http://www.terraclicks.com/watch?key=f267318fe73886271f465cad9dff0b71