पर्यटकलाई ढाका टोपी र गलबन्दी पहिर्याएर स्वागत र सम्मान
4:36 AM
Loading...
अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाले गरेको सो कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद पौडेलले स्पेनी नागरिक जिराद कासल्सलाई ढाका टोपी र अल्बा सिङलालाई ढाकाको गलबन्दी पहि-याउनु भएको थियो ।
“म भाग्यमानी रहेछु, पहिलो पटक नेपाल आएको हुँ” जिरादले भन्नुभयो । कार्यक्रममा प्रहरी नायब उपरीक्षक समिरचन्द्र खरेल, एक्याप बेसीशहरका प्रमुख राजेश गुप्ता, लमजुङ उद्योग वाणिज्य सङ्घका अध्यक्ष रामकुमार श्रेष्ठलगायतको उपस्थिति रहेको थियो ।
यसैबीच बेसीशहरस्थित ‘गेट वे’ हिमालयन रिसोर्टले पनि पर्यटकलाई सम्मान गरेको छ । पर्यटन दिवसका अवसरमा पर्यटकलाई टीका, खादा लगाएर सम्मान गरेको सो रिसोर्टका सञ्चालिका अञ्जु पौडेलले बताउनुभयो । रासस (तस्बिर संलग्न छ )

![]() |
0 comments