Loading...

नेपालमा पहिलोपटक विश्व स्कुल दूध दिवस मनाइँदै

5:23 AM

Loading...
काठमाडौँ, ९ असोज । नेपालमा पहिलोपटक विश्व स्कुल दूध दिवस मनाइने भएको छ । विश्वमा सन् २००० देखि यो दिवस मनाउन थालिएको हो ।

उपराष्ट्रपति नन्दबहादुर पुनले आगामी असोज १२ गते विद्यार्थीलाई दूध तथा दुग्ध पदार्थ पिलाएर सो दिवस सुभारम्भ गर्नुहुने नेपाल डेरी एसोसिएसनले जनाएको छ ।

यही असोज ११ र १२ गते मनाइने उक्त दिवसको पहिलो दिन एसोसिएसनबाट प्रकाशित डेरी दर्पण २०७३ विमोचन र दुग्ध पदार्थ तथा उपकरणको प्रदर्शनी गरिने छ ।

काठमाडौँस्थित बानेश्वर ब्याङ्क्वेटमा हुने उक्त कार्यक्रममा दुग्ध व्यवसायी, किसान, दाना व्यवसायीलगायतका विभिन्न स्टल राखिने छ ।

बजारमा दूधको माग दैनिक ९६ लाख लिटर भएपनि दैनिक ४८ लाख दूध उत्पादन हुने गरेकाले माग धान्नका लागि नेपाल दुग्ध विकास संस्थान र नेपाल डेरी एसोसिएसन आयात गर्न बाध्य भएको एसोसिएनका अध्यक्ष सुमित केडियाले आज आयोजित पत्रकार सम्मेलनमा बताउनुभयो ।

अर्थतन्त्रमा प्रमुख हिस्सा रहेको दूध र दुग्धजन्य पदार्थकोे कुल गाहर््स्थ उत्पादनमा ९ प्रतिशत योगदान छ । दूध र दुग्धजन्य पदार्थ बिक्रीबाट किसानले वार्षिक करिब रु १२ अर्ब आम्दानी गर्दै आएका छन् ।

दूधको कारोबारबाट प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा चार लाख ५० हजार व्यक्तिले रोजगार पाइरहेककाले यसलाई व्यवसायीकरण गर्नुपर्नेमा उनीहरुले जोड दिएका छन्।


पूर्व पशुपक्षी विकासमन्त्री शान्ता मानवीले आगामी तीन वर्षमा नेपाललाई दूधमा आत्मानिर्भर गराउनुपर्नेमा जोड दिनुभएको छ ।

नेपाली समाजमा प्रतिव्यक्ति प्रतिवर्ष दूध ६४ लिटर उपभोग भएको पाइन्छ । विश्व खाद्य सङ्गठनका अनुसार प्रतिवर्ष प्रतिव्यक्ति ९१ लिटर दूध आवश्यक पर्छ ।

You Might Also Like

0 comments

loading...
http://www.terraclicks.com/watch?key=f267318fe73886271f465cad9dff0b71