चिकित्सकको सुझाव बिनै यि औषधी सेवन गर्ने बानी छ ? ज्यान जाला है !
4:35 AM
Loading...
एजेन्सी । बिरामी भइहाले ठिम्रा खाने चलन हाम्रो समाजमा परापूर्व कालदेखि नै चल्दै आएको हो । डाक्टरको अनुमती बिना वा प्रेस्किप्सन बिना कुनै पनि सामान्य बिरामीले सामान्य औषधी खानु स्वास्थ्यका लागी अत्यन्तै हानीकारक हुने चिकित्सकहरु बताउँछन् । अझ हामीले सामान्य टाउको दुखेको बेला सिटामोल र रुघा लाग्यो भन्दै डि कोल्ड खाने चलन नै छ । जुन स्वास्थका लागी औधी घातकहुने चिकित्सको निष्कर्ष छ ।
तपाईले पक्कै पनि औषधीको प्याकेटमा लेखेको सुझाव देख्नु भएकै होला । उक्त सुझाव विपरित निरन्तर जे मन लाग्छ त्यो औषधी खानु किड्नीका लागी सबैभन्दा घातक हुन्छ । चिकित्सकका अनुसार एक व्यक्तिले दिनमा ३ ग्राम भन्दा बढी प्यारासिटामलसम्मको सामान्य औषधी सेवन समेत गर्नु घातक मानिन्छ ।
प्यारासिटामल बढी सेवन गरेको खण्डमा धेरैजसो अवस्थामा यसले पेटमा ग्याँसको मात्रा ह्वात्तै बढाउदैन यसले अपच र तनाव समेत उत्पन्न गराउन पछि पर्दैन । यसले एकातिर एलर्जी बनाउन सक्छ भने अर्कोतिर एकदमै खुलदुली समेत उत्तपन्न गराइदिन सक्छ ।
कतिपय अवस्थामा प्यारासिटामल सेवन गरेपछि मानिसको अवस्था सुस्त हुन पुग्छ । अझ पहिले देखि नै तपाई किड्नीको बिरामी हुनुहुन्छ भने प्यारासिटामलको सेवन अघि एक पटक सोच्नै पर्छ है । जसका कारण मृत्यु वरण समेत गरेका कैयौँ उदाहरण छन् ।

![]() |
0 comments